Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखलाई निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखलाई निर्देशन
Photo / Coverage: टक्सार

पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूलाई अग्रसरता लिन निर्देशन दिएका छन्। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलनमा भएको प्रगति र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताए। विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए। प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा दिइरहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ। यो निर्धारित लक्ष्यको ९९.१ प्रतिशत हो। त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ। आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणालीमा सुधारको सकारात्मक संकेतका रूपमा लिएका छन्। गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ, जुन चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा केही बढी हो। चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न मन्त्री श्रेष्ठले निर्देशन दिए। प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो। कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
Economy & BusinessJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

काठमाडौं- किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको ...

आजको अर्थ
लक्जेम्बर्गमा नेपाल-युरोप आर्थिक साझेदारी विस्तार गर्न सम्मेलन हुँदै
Economy & BusinessJust now

लक्जेम्बर्गमा नेपाल-युरोप आर्थिक साझेदारी विस्तार गर्न सम्मेलन हुँदै

काठमाण्डु – नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा सहकार्यका नयाँ अवसर पहिचान गर्ने उद्देश्यले लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नोभेम्बर २९ र ३० मा हुने ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ हुन लागेको हो । नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा […] ...

काठमाण्डुपाटी
यस साता नेप्सेमा ६.८८ अंकको वृद्धि, कुन दिनको कारोबार कति ?
Economy & BusinessJust now

यस साता नेप्सेमा ६.८८ अंकको वृद्धि, कुन दिनको कारोबार कति ?

काठमाडौं- साताभरमा नेप्से परिसूचक ६.८८ अंकले बढेको छ । यो साता सेयर बजारमा तीव्र उतारचढाव देखियो । सुरुवाती तीन कारोबार दिन लगातार बढेको बजारमा अन्तिम दुई दिन गिरावट आएको थियो । अघिल्लो साताको ...

आजको अर्थ
विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स
Economy & BusinessJust now

विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स

काठमाडौं- चीनको विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी लिउगङ (LiuGong) ब्रान्डका उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ। चीनको ग्वाङ्सी लिउगङ मेसिनरीले उत्पादन गर्दै आएका निर्माण उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement