Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व
Photo / Coverage: टेक्नोलोजी खबर

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो। पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल गरेको हो। भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु २७ अर्ब ७५ करोड ५३ लाख राजस्व सङ्कलन भएको थियो। गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७ दशमलव १४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो। कार्यालयको तथ्याङ्कअनुसार गत साउनमा रु आठ अर्ब ८३ करोड दुई लाख राजस्व सङ्कलन भएको थियो। सो महिनाका लागि रु आठ अर्ब ५४ करोड बराबरको लक्ष्य निर्धारण गरिएको थियो। गत भदौमा रु नौ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु १० अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो। यस्तै, गत असोज महिनामा भने राजस्व सङ्कलनमा थप वृद्धि भएको थियो। सो महिनाका लागि रु १० अर्ब ९८ करोड लक्ष्य रहेकामा रु १३ अर्ब ८८ करोड सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। यो असोज महिनाको लक्ष्यको १२६ दशमलव ४१ प्रतिशत हो। राजस्व सङ्कलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा विस्तार देखिएको छ। चालु आवको असोज महिनामा मात्रै रु ३८ अर्ब २१ करोड ११ लाख बराबरका वस्तु आयात भएका छन्। गत आवको असोजमा रु २३ अर्ब ३८ करोड बराबरका वस्तु आयात भएको थियो। त्यसैगरी, असोजमा रु चार अर्ब १५ करोड १५ लाख बराबरको माल वस्तु निर्यात भएका छन्। गत वर्षको सोही अवधिमा रु दुई अर्ब ६६ करोड बराबरको निर्यात भएको थियो। भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ। मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन्। भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाका अनुसार गत असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातीत वस्तुबाट मात्रै रु १० अर्ब ५२ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ। यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उहाँले बताए। निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ। यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातीत वस्तुमा परेका छन्। पहिलो त्रैमासिक अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवै बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ। विशेषगरी गत असोजमा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सूचना अधिकृत ढुङ्गानाले बताए। भन्सार प्रमुख पौडेलका अनुसार गत वर्षको तुलनामा चालु आवको तीन महिनामा राजस्व सङ्कलनमा अपेक्षित सुधार भएको छ।-रासस The post विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूएसबी-सी केबल वाटरप्रुफ छ कि छैन भनेर कसरी थाहा पाउने? यस्तो छ तरिका
TechnologyJust now

यूएसबी-सी केबल वाटरप्रुफ छ कि छैन भनेर कसरी थाहा पाउने? यस्तो छ तरिका

केही यूएसबी-सी केबल वाटरप्रुफ हुन्छन्, तर कुन केबल वाटरप्रुफ हो भनेर पहिचान गर्न जान्नुपर्छ। अमेजनलगायत अनलाइन स्टोरमा यस्ता केबल सजिलै उपलब्ध छन्। इन्ग्याजेटका अनुसार पानीबाट कनेक्टरलाई जोगाउन यस्ता केबलमा विशेष सिल राखिएको हुन्छ। बजारमा मेल, फिमेल र एङ्गल्डलगायत विभिन्न प्रकारका केबल पाइन्छन्। तर के यी सिलहरूले वास्तवमै पानीबाट सुरक्षा दिन्छन्? इन्टरनेसनल इलेक्ट्रोटेक्निकल कमिसन (आईईसी) ले आईईसी ६०५२९ मापदण्ड विकास गरेको छ। यो ...

टेक्नोलोजी खबर
महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य
TechnologyJust now

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

१७ कात्तिक, काठमाडौं। ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने […] The post महालक्ष्मी ...

आइसिटी फ्रेम
नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण
TechnologyJust now

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

१७ कात्तिक, काठमाडौं। बागमती प्रदेशको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो। स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश, नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा आजबाट संचालनमा ल्याएको छ। बट्टार शाखा यसअघि सञ्चालनमा रहेको […] The post नुवाकोटको ...

आइसिटी फ्रेम
गोलीपीडित आदित्य पासवानको स्वास्थ्यमा सुधार: नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रिया र निःशुल्क उपचार
TechnologyJust now

गोलीपीडित आदित्य पासवानको स्वास्थ्यमा सुधार: नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रिया र निःशुल्क उपचार

१७ कात्तिक, काठमाडौं। बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर जीवनमरणको अवस्थामा पुगेका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । गम्भीर घाइते बालकको जीवनरक्षामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले गरेको तत्काल आकस्मिक उपचार, जटिल शल्यक्रिया र सघन उपचार महत्वपूर्ण साबित भएको छ । अस्पतालले बालकलाई प्रदान गरेका सम्पूर्ण उपचार सेवा […] The post गोलीपीडित आदित्य ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play