Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जनकपुरविरुद्ध विराटनगरका तीन खेलाडीको अर्धशतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरविरुद्ध विराटनगरका तीन खेलाडीको अर्धशतक
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय इनिङ्स खेलेका हुन् । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए । उनले ४० बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका थिए । त्यस्तै, आन्द्रे रसेलले ५२ रन जोड्दा ओपनर लोकेश बमले ५० रन बनाए । बम तेस्रो संस्करणको एनपीएलमा हालसम्म दुई अर्धशतक पूरा गर्ने पहिलो खेलाडी हुन् । लोकेश र इमरानबीच १०७ रनको साझेदारी भयो । जारी प्रतियोगितामा यो अहिलेसम्मकै उच्च साझेदारी हो । तीन खेलाडीको अर्धशतकीय योगदानमा विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको छ । जनकपुरविरुद्धको खेलमा विराटनगरका तीन खेलाडीले अर्धशतक बनाएसँगै जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने खेलाडीको संख्या आठ पुगेको छ । यसअघि चितवन राइनोजका डेभिड मलानले विराटनगर किङ्ग्सविरुद्ध ४१ बलमा अर्धशतक प्रहार गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाएका थिए । दोस्रो अर्धशतक सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा पूरा गरेका थिए । त्यसपछि जनकपुर बोल्ट्सका मोइन अलीले काठमाडौं गोर्खाजविरुद्ध ४९ बलमा तेस्रो अर्धशतक बनाएका थिए । विराटनगरकै लोकेश बमले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक प्रहार गर्दै चौथो अर्धशतक बनाएका थिए । कर्णाली याक्सका कप्तान सोमपाल कामीले विराटनगरविरुद्ध २७ बलमा पाँचौँ अर्धशतक पूरा गरेका थिए । जनकपुरका तृतराज दासले पोखरा एभेन्जर्सविरुद्ध ५१ बलमा छैटौँ अर्धशतक बनाएका थिए । काठमाडौं गोर्खाजका राशिद खानले कर्णाली याक्सविरुद्ध ३२ बलमा सातौँ अर्धशतक पूरा गरेका थिए । आजको खेलमा विराटनगरका इमरान शेखले आठौँ अर्धशतक बनाएका छन् भने लोकेश बमले जारी सिजनमा दोस्रो अर्धशतक पूरा गरेका छन् । विराटनगरले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । आज चौथो खेल खेलिरहेको विराटनगर दोस्रो जितको खोजीमा छ । यता, जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ । लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ । तेस्रो खेल खेल्न लागेको पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना
OthersJust now

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ । ...

अनलाइन खबर
बलिउडमा आक्रमण र फिरौतीको त्रास, अर्को कलाकार पनि परे निशानामा
OthersJust now

बलिउडमा आक्रमण र फिरौतीको त्रास, अर्को कलाकार पनि परे निशानामा

बलिउडमा कलाकारमाथि आक्रमण र फिरौतीको त्रास बढ्दै गएको छ । उनीहरु घरबाट बाहिरिदा पनि सोच्न पर्ने दिन आएको छ । किनकी, अभिनेता टाइगर श्रोफको गाडीमा गोली प्रहार भएको घटना सेलाउन नपाउँदै अर्का अभिनेता पनि धम्कीको निशानामा परेका छन् । उनी हुन्, अभिनेता तुषार कपूर । भारतीय सञ्चारमाध्यमका अनुसार तुषारलाई आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने… ...

अनलाइन खबर
नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात
OthersJust now

नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात

नेपालबाट निर्यात हुने जुसको मुख्य र सबैभन्दा ठूलो बजार छिमेकी भारत हो भने केही मात्रामा चीन र जापानमा पनि नेपाली जुस पुगेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play