Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

वित्तीय अपराध अनुसन्धानमा प्रविधि प्रयोग बढाउन आईजीपी केसीको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
वित्तीय अपराध अनुसन्धानमा प्रविधि प्रयोग बढाउन आईजीपी केसीको जोड
Photo / Coverage: पर्दाफास

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती सिर्जना गरेको बताए । ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नारासहित आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ । कार्यशालामा वित्तीय अपराध अनुसन्धानका क्रममा देखिएका चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई प्रभावकारी बनाउने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ । आईजीपी केसीले वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, वित्तीय नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । उनले सूचनाको प्रभावकारी आदानप्रदानलाई समेत थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा आईजीपी केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)
OthersJust now

हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)

प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ । ...

अनलाइन खबर
जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान
OthersJust now

जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ । ...

अनलाइन खबर
सुभाष घईले भने, ‘ज्याकी श्रफमाथि म्युजिकल फिल्म बनाउनुपर्छ’
OthersJust now

सुभाष घईले भने, ‘ज्याकी श्रफमाथि म्युजिकल फिल्म बनाउनुपर्छ’

काठमाडौं । अभिनेता ज्याकी श्रफको अभिनय क्षमता धेरैलाई थाहा छ । उनले पर्दामा एक्सन, कमेडी र भावनात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जितेका छन् । तर, उनीभित्र गायन प्रतिभा पनि रहेको कुरा फिल्म निर्माता तथा निर्देशक सुभाष घईले सार्वजनिक गरेका छन् । घईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ज्याकीको गायन प्रतिभाको प्रशंसा गरेका छन् ।… ...

अनलाइन खबर
अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर
OthersJust now

अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर

१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार, यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादह क्षेत्रमा यो चरा भेटिनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play