विकास बजेट खर्च गर्न सुदूरपश्चिम सरकार असफल, पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च कमजोर देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ६१.९४ प्रतिशत मात्रै खर्च भएको हो। यो गत आर्थिक वर्षको तुलनामा ८.२५ प्रतिशत बिन्दुले कम हो। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा २० अर्ब ७३ करोड रुपैयाँ मात्रै खर्च गरेको हो। आर्थिक वर्ष २०८१/८२ मा भने कुल विनियोजित बजेटको ७०.१९ प्रतिशत खर्च भएको थियो। समीक्षा अवधिमा चालू र पुँजीगत दुवै खर्चको प्रगति अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ। चालूतर्फ १३ अर्ब ६४ करोड रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ। यो कुल चालू बजेटको ६३.०८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अवधिमा चालू खर्च ७५.४३ प्रतिशत रहेको थियो। त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च पनि अपेक्षाअनुसार हुन सकेको छैन। पुँजीगत शीर्षकमा १९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएकोमा ११ अर्ब ५८ करोड रुपैयाँ मात्रै खर्च भएको छ। यो विनियोजित पुँजीगत बजेटको ५८.४० प्रतिशत हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च ६६.६१ प्रतिशत रहेको थियो । प्रदेश स्रोत परिचालन ६७ प्रतिशत बजेट खर्चसँगै प्रदेश सरकारको स्रोत परिचालन पनि अपेक्षाअनुसार हुन सकेको छैन। आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व र राजस्व बाँडफाँडबाट कुल १९ अर्ब २७ करोड रुपैयाँ प्रदेश स्रोत परिचालन गर्ने लक्ष्य राखिएकोमा १२ अर्ब ९१ करोड रुपैयाँ मात्रै परिचालन भएको छ। यो अनुमानित प्रदेश स्रोतको ६७ प्रतिशत हो। त्यसैगरी, प्रदेश सरकारले संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी कुल १४ अर्ब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको थियो। तर, समीक्षा अवधिमा संघीय सरकारबाट ७ अर्ब ८२ करोड रुपैयाँ मात्रै अनुदान प्राप्त भएको छ। समग्रमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च, चालू तथा पुँजीगत खर्च र स्रोत परिचालनका सूचक अघिल्लो आर्थिक वर्षको तुलनामा कमजोर देखिएका छन्। विशेषगरी पुँजीगत खर्चको न्यून प्रगतिले प्रदेशको विकास निर्माण तथा पूर्वाधार आयोजनाको कार्यान्वयनमा चुनौती रहेको संकेत गर्छ। The post विकास बजेट खर्च गर्न सुदूरपश्चिम सरकार असफल, पुँजीगत खर्च ५८ प्रतिशत मात्रै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो। भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छल... ...

विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह
सुदूरपश्चिम।नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकलाई चाँडै टुङ्ग्याएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। कांग्रेस प्रदेशसभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुङ्ग्याएर तत्काल प्रदेशसभामा पेस गर्नुपर्नेमा जोड दिएका हुन्। निवर्तमान मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गरी समितिमा छलफलमा रहेका विधेयकबारे चासो राख्दै ...

बोस्नियामा ईयू फोर्सको हेलिकोप्टर दुर्घटना : चार जनाको मृत्यु, ११ घाइते
काठमाडाैँ। बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसन (ईयूफोर) मा आबद्ध इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बोस्नियाको ब्रचको क्षेत्रमा नियमित... ...

गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित,अर्को निर्णय नभएसम्म गतिविधि गर्न रोक
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको जनाएको हो । मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू ...


