Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विकास कोष उपाध्यक्ष नियुक्ति प्रकरण : आनीका पुराना विवाद फेरि सतहमा

विकास कोष उपाध्यक्ष नियुक्ति प्रकरण : आनीका पुराना विवाद फेरि सतहमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विकास कोष उपाध्यक्ष नियुक्ति प्रकरण : आनीका पुराना विवाद फेरि सतहमा

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा नियुक्त भएसँगै निर्णयको विरोध सुरु भएको छ । उहाँको नागरिकताको वैधानिकता, सात वर्षअघि हङकङबाट बैंक खातामा आएको ठूलो रकमको स्रोत र सरकारले गरेको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै विभिन्न समूहले निष्पक्ष छानविनको माग गरेका हुन् । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले करिब पाँच महिनादेखि रिक्त कोषको उपाध्यक्षमा डोल्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर, नियुक्तिलगत्तै विरोध सुरु भएको हो । राष्ट्रिय जेन-जी नागरिक अभियान, तामाङ नागरिक समाज, गुम्बा बिहार संरक्षण कोष र लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संघर्ष समितिले संयुक्त रूपमा सोमबार सरकारको निर्णयविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरूले डोल्माको नागरिकतासम्बन्धी विवादमा सरकारले तत्काल छानविन गर्नुपर्ने र आरोप पुष्टि भए नियुक्ति खारेज गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले लुम्बिनी विकास कोषको नेतृत्वमा अन्य समुदायले अवसर पाए पनि बौद्ध धर्मावलम्बीमध्ये ठूलो जनसंख्या रहेको तामाङ समुदायले अवसर नपाएको भन्दै यसपटक तामाङ समुदायबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । यसअघि ‘राष्ट्रिय जेन-जी नागरिक अभियान’ले आइतबार सूचना जारी गर्दै उहाँमाथि नागरिकता र सम्पत्ति शुद्धीकरण सम्बन्धमा उठेका प्रश्नहरूको निष्पक्ष छानविन गर्नुपर्ने तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने माग राखेको थियो । त्यसअघि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले पनि नियुक्ति खारेज गर्न माग गर्नुभएको थियो । छोइङको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे निष्पक्ष छानविन गर्नुपर्ने उहाँको माग छ । खानले लुम्बिनीमा पुरातात्त्विक सम्पदाको संरक्षण र विकासका नाममा भएका भनिएका अनियमितताबारे पनि छानविन गर्न माग गर्नुभएको छ । सरकारले नियुक्ति निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभएको थियो । डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयप्रति ‘राष्ट्रिय जेन-जी नागरिक अभियान’ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण विरोधसभा गर्ने भएको छ । बौद्ध भिक्षुणी तथा गायिका डोल्मा आफ्नो स्वर र सामाजिक सेवाका कारण परिचित हुनुहुन्छ । ‘फूलको आँखामा फूलै संसार’जस्ता गीत गाउनुभएकी उहाँले भिक्षुणीहरूको शिक्षाका लागि विद्यालय स्थापना गर्नुभएको छ । उहाँले मिर्गौलाका बिरामीको उपचारमा सहयोग गर्ने संस्थासमेत सञ्चालन गर्नुभएको छ । काठमाडौंको बौद्ध क्षेत्रमा जन्मिनुभएकी छोइङ १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गर्नुभएको थियो । विवाद के हो ?लुम्बिनीको संरक्षण र विकास गर्ने संस्थामा डोल्माको नियुक्तिसँगै पुरानो वित्तीय अनुसन्धान, नागरिकताको विवाद र सरकारी छनोट प्रक्रियाबारे प्रश्न उठेको हो । सात वर्षअघि हङकङबाट उहाँको बैंक खातामा आएको ठूलो रकमको स्रोतबारे प्रश्न उठेपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन थालेका थिए । उहाँको खातामा हङकङबाट तत्कालीन विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३४० रुपैयाँ आएको थियो । त्यतिबेला अनुसन्धान विभागले रकमको स्रोत र यसअघि भएका कारोबारबारे छानविन गरिरहेको थियो । तर, आनी छोइङको कारोबारबारे अनुसन्धान बन्द गरिएको निर्णय वा कसुर प्रमाणित भएको अन्तिम न्यायिक फैसला सार्वजनिक भएको छैन । हङकङबाट रकम आएको केही महिनापछि २०७५ साउनमा आनी छोइङले तुइन विस्थापनका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्नुभएको थियो । आनी छोइङको नागरिकता जारी गर्दा प्रयोग गरिएको पारिवारिक विवरण र आत्मकथामा वर्णित पृष्ठभूमिबीच असंगति रहेको अर्को विवाद छ । त्यतिबेला प्रकाशित विवरणअनुसार उहाँले तत्कालीन चपली भद्रकाली गाउँपञ्चायत-६ का कान्छाबहादुर लामालाई पिता देखाएर वंशजको नागरिकता लिएको आरोप लागेको थियो । कान्छाबहादुरका छोरा प्रमानसिंह लामाले आनी छोइङ आफ्नो परिवारको सदस्य नभएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिनुभएको थियो । यो विवादमा आनी छोइङको आत्मकथामा उल्लेख भएको तिब्बतबाट नेपाल आएका अभिभावकको प्रसंग पनि जोडिएको छ । उहाँको नियुक्तिको विरोध गर्ने समूहहरूले पुरानो उजुरी र पारिवारिक विवरणको विषय उठाउँदै नागरिकताको वैधानिकताबारे छानविन हुनुपर्ने माग गरेका छन् । म विचलित भएको छैन : आनी छोइङ डोल्मातर, आनी छोइङ डोल्माले भने आफ्नो बारेमा आएका विषयले आफू विचलित नभएको प्रतिक्रिया दिनुभएको छ । आफूबारे अनेक विषय आएकाले सबैको एक-एक गरेर जवाफ पनि दिन नसक्ने उहाँको भनाइ छ । ‘म सत्कर्ममा विश्वास गर्छु । कहिलेकाहीँ यस्ता अफ्ठ्याराहरू आइपर्छन् । भगवान् बुद्धलाई पनि उक्त स्थानमा अवसर दिएको खण्डमा आलोचना हुन्थ्यो होला, हाम्रो समाज नै त्यस्तै छ’, उहाँले भन्नुभएको छ, ‘कतिपय व्यक्तिहरू कतैबाट परिचालित भएर लागिरहेका छन् कि जस्तो लाग्छ । मेरा विषयमा जे–जस्तो टिप्पणीहरू भइरहेको छ, त्यसबारे एक-एक गरेर जवाफ दिन सकिँदैन, जे छ भोग्दै जाने हो, बुझ्नेले बुझ्नुभएकै छ तर म विचलित भएको छैन । सरकारले गरेको विश्वासप्रति आभारी छु ।’ सम्पत्ति शुद्धीकरणको विषय पनि सन् २०१८ को अन्त्यतिर नै ‘क्लियर’ भइसकेको उहाँको दाबी छ । बरु आफूले सम्पत्ति शुद्धीकरणको विषय आइसकेपछि कर्मचारीतन्त्रबाट धेरै दुःख पाएको उहाँको भनाइ छ । ‘सम्पत्ति शुद्धीकरणको विषय सन् २०१८ को अन्त्यतिर नै क्लियर भएको हो । सरकारले पनि मेरो बारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला । मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपरो भनेर निवेदन दिएको होइन, कसैलाई भनेको पनि छैन तर विश्वास गर्नुभएको छ । यो त मेरो सत्कर्मको फल होला नि’, उहाँले भन्नुभएको छ, ‘ब्युरोक्रेसीबाट त्यसबेला धेरै दुःख पाएँ । घुसखोरी र कमिसनको खेल धेरै नै चल्ने गरेको थियो, त्यसको शिकार भएँ । सोझो बाटोबाट अर्थात् बैंकबाटै आएको पैसाको विषयलाई लिएर हैरानी दिइयो । गलत बाटोबाट आएको भए अपराधीकरण गर्न मिल्थ्यो होला तर लिगल च्यानलबाट पैसा आउँदा अनावश्यक हैरानी दिने काम भएको थियो ।’ आफू नेपालमै जन्मिएको ५५ वर्षपछि नागरिकताको विषय उठाउनु जायज नभएको उहाँको तर्क छ । कोषको उपाध्यक्ष पद आफ्नो ठूलो जिम्मेवारी भएको भन्दै जिम्मेवारी पूरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
ताजा खबरJust now

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए। दसैँको बिदामा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टीकाको ...

नेपालन्युज
ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित
ताजा खबरJust now

ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित

रियो डि जेनरियो । ल्याटिन अमेरिकामा सल्किँदै गएको दक्षिणपन्थी लहर ब्राजिलमा पुगेर रोकिएको छ । यससँगै पछिल्लो १८ महिनामा लगातार ल्याटिन अमेरिकाका सातवटा देशमा राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थीहरूले हासिल गरेको जितको शृंखलामा पूर्णविराम लाग्यो । आइतबार सम्पन्न निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ५१.८ प्रतिशत मत ल्याए । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो यस निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा थिए ...

केन्द्रबिन्दु
फलाउने विद्यार्थी, बेच्ने हेड सर
ताजा खबरJust now

फलाउने विद्यार्थी, बेच्ने हेड सर

गणेश खनालअर्घाखाँची, असोज १० गते । भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी दसैँ बिदामा आआफ्नै तवरले रमाउँदै थिए तर सोही विद्यालयका प्रधानाध्यापक (हेड... ...

गोरखापत्र
आजका लागि विदेशी मुद्राको विनिमयदर तय
ताजा खबरJust now

आजका लागि विदेशी मुद्राको विनिमयदर तय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा,एक युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play