Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

वाटरगेट: एउटा टेपले ढालेको सत्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाटरगेट: एउटा टेपले ढालेको सत्ता
Photo / Coverage: नेपालन्युज

जुन १७, १९७२ को रात। अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित वाटरगेट भवनको भूमिगत पार्किङ क्षेत्र र कार्यालय जोड्ने ढोकामा एउटा सानो टेप टाँसिएको थियो। मध्यरातको ड्युटीमा रहेका सुरक्षा गार्ड फ्र्याङ्क विल्सले ढोकाको चुकुलमा टेप देखे। उनले त्यसलाई हटाए र नियमित गस्तीमा लागे। केही समयपछि फर्किंदा त्यही ठाउँमा फेरि टेप टाँसिएको थियो। यसपटक उनलाई शङ्का लाग्यो। उनले प्रहरीलाई खबर गरे। त्यो रात प्रहरीको एउटा कारबाहीले अमेरिकी राजनीतिमा नयाँ अध्याय सुरु गरिसकेको थियो। प्रहरी भवनको छैटौँ तलामा रहेको डेमोक्रेटिक नेसनल कमिटीको कार्यालयमा पुग्दा पाँच जना मानिस भेटिए। उनीहरूसँग सञ्चार उपकरण, क्यामेरा, इलेक्ट्रोनिक निगरानीका सामग्री र नगद थियो। उनीहरू कार्यालयभित्रका कागजातको तस्बिर खिच्ने र पहिले जडान गरिएको श्रवण उपकरण मर्मत गर्ने प्रयासमा थिए। पक्राउ परेका पाँच जनामध्ये केही पूर्वगुप्तचर अधिकारी थिए। तीमध्ये एक जना जेम्स म्याककर्ड अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको पुनर्निर्वाचन अभियान समितिसँग जोडिएका सुरक्षा अधिकारी थिए। ढोकामा टाँसिएको टेप देखेपछि प्रहरीलाई खबर गर्ने सुरक्षा गार्ड फ्र्याङ्क विल्स। स्रोत: निक्सन प्रेसिडेन्सियल लाइब्रेरी त्यो रात प्रहरीको एउटा कारबाहीले अमेरिकी राजनीतिमा नयाँ अध्याय सुरु गरिसकेको थियो। तर त्यतिबेला न सुरक्षा गार्ड विल्सलाई यसको ऐतिहासिक महत्त्व थाहा थियो, न पक्राउ परेका मानिसहरूलाई उनीहरूको असफल अभियानले राष्ट्रपतिको कुर्सी नै हल्लाउनेछ भन्ने अनुमान थियो। वाटरगेट भवनमा भएको घुसपैठ आफैँमा गम्भीर अपराध थियो। तर त्यसलाई विश्व इतिहासको चर्चित राजनीतिक काण्ड बनाउने कारण कार्यालयभित्रको जासुसी मात्र थिएन। त्यसपछि सुरु भएको थियो- घटनाको अनुसन्धान रोक्ने, प्रमाण नियन्त्रण गर्ने र ह्वाइट हाउसको संलग्नता लुकाउने प्रयास। वाटरगेटको इतिहासको सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो- राष्ट्रपतिको चुनाव जित्न गरिएको राजनीतिक जासुसीभन्दा पनि त्यसको पर्दाफास हुन नदिन राज्यका संस्थालाई कसरी प्रयोग गर्न खोजियो? निक्सनले अगस्ट ९, १९७४ मा पदबाट राजीनामा दिए। अमेरिकी इतिहासमा पदावधि पूरा नगरी राजीनामा दिने उनी पहिलो राष्ट्रपति बने। अन्ततः यही प्रश्नको उत्तर खोज्दै पत्रकार, प्रहरी, सङ्घीय अनुसन्धान ब्युरो, संसदीय समिति, विशेष अभियोजक र सर्वोच्च अदालत एउटै घटनाको फरक-फरक पाटोमा प्रवेश गरे। अमेरिकी राष्ट्रपतिको कार्यालयमा भएका संवादको अभिलेखले नै राष्ट्रपतिविरुद्ध निर्णायक प्रमाण उपलब्ध गरायो। निक्सनले अगस्ट ९, १९७४ मा पदबाट राजीनामा दिए। अमेरिकी इतिहासमा पदावधि पूरा नगरी राजीनामा दिने उनी पहिलो राष्ट्रपति बने। वाटरगेटस्थित डेमोक्रेटिक पार्टीको कार्यालयमा घुसपैठ गरेको घटनाका अभियुक्त। स्रोत: अमेरिकी राष्ट्रिय अभिलेखालय चुनाव जित्ने रणनीतिबाट जासुसीसम्म वाटरगेट बुझ्न सन् १९७२ को अमेरिकी राष्ट्रपति निर्वाचनको पृष्ठभूमिमा पुग्नुपर्छ। रिचर्ड निक्सन सन् १९६८ मा राष्ट्रपति निर्वाचित भएका थिए। भियतनाम युद्ध, शीतयुद्ध, नागरिक अधिकार आन्दोलन र घरेलु राजनीतिक विभाजनले अमेरिकी समाजलाई तनावपूर्ण बनाइरहेका थिए। निक्सन प्रशासनले आफूलाई राष्ट्रिय सुरक्षाको पक्षधर र राजनीतिक स्थिरताको प्रतिनिधिका रूपमा प्रस्तुत गरिरहेको थियो। सन् १९७२ को निर्वाचनमा उनी दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दै थिए। पक्राउ परेका म्याककर्डको सम्बन्धले प्रहरी र अनुसन्धानकर्तालाई घटनालाई सामान्य चोरी वा कार्यालय तोडफोडका रूपमा मात्र हेर्न दिएन। उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जर्ज म्याकगभर्न थिए। निक्सनको चुनावी अभियान शक्तिशाली थियो। उनी प्रशासनिक स्रोत, राजनीतिक सञ्जाल र ठूलो आर्थिक सहयोग जुटाउन सक्षम थिए। नोभेम्बर १९७२ को निर्वाचनमा उनले ५० मध्ये ४९ राज्यमा विजय हासिल गरे। जनमतको हिसाबले पनि उनको जित फराकिलो थियो। तर चुनावी विजयको केही महिनाअघि नै उनको अभियानसँग जोडिएका मानिसहरू विपक्षी दलको कार्यालयमा गोप्य निगरानी गर्न पुगेका थिए। त्यतिबेला निक्सनको पुनर्निर्वाचन अभियान सञ्चालन गर्ने समितिलाई ‘कमिटी टु रि-इलेक्ट द प्रेसिडेन्ट’ भनिन्थ्यो। यसको संक्षिप्त नाम सीआरईपी थियो। राजनीतिक व्यङ्ग्यका कारण यसलाई ‘क्रिप’ भनेर पनि सम्बोधन गरिन्थ्यो। यही चुनावी संयन्त्रसँग सम्बन्धित मानिसहरू वाटरगेट घुसपैठमा जोडिए। पक्राउ परेका म्याककर्डको सम्बन्धले प्रहरी र अनुसन्धानकर्तालाई घटनालाई सामान्य चोरी वा कार्यालय तोडफोडका रूपमा मात्र हेर्न दिएन। उनी राष्ट्रपतिको पुनर्निर्वाचन अभियानसँग जोडिएका व्यक्ति थिए। वाटरगेट प्रकरणको अनुसन्धानात्मक समाचारमा महत्त्वपूर्ण भूमिका खेलेका पत्रकार बब वुडवार्ड र कार्ल बर्नस्टिन। स्रोत: अमेरिकी लाइब्रेरी अफ कङ्ग्रेस अनुसन्धानले पछि वाटरगेट घुसपैठलाई विपक्षी दलका उम्मेदवार र राजनीतिक गतिविधिमाथि निगरानी राख्ने व्यापक अभियानको एउटा अंशका रूपमा देखायो। चुनावी प्रतिस्पर्धामा विपक्षीको रणनीति, आन्तरिक छलफल र गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले जासुसी तथा अवरोधका गतिविधि सञ्चालन गरिएको थियो। अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले निक्सनको पुनर्निर्वाचन अभियानसँग जोडिएको राजनीतिक जासुसी र विपक्षी अभियानलाई कमजोर पार्ने प्रयासको सञ्जाल फेला पारेको थियो। तर एउटा महत्त्वपूर्ण भिन्नता छुट्याउनुपर्छ। वाटरगेटमा पक्राउ परेका व्यक्तिहरू निक्सनको चुनावी अभियानसँग जोडिएका थिए भन्ने तथ्य र स्वयं निक्सनले कार्यालयमा घुसपैठ गर्ने आदेश दिएका थिए भन्ने दाबी एउटै होइनन्। उपलब्ध ऐतिहासिक अभिलेखले राष्ट्रपतिको प्रशासन र उनका निकट सहयोगीहरूको आवरण प्रयास तथा अनुसन्धान रोक्ने कदमलाई स्पष्ट रूपमा देखाउँछ। तर घुसपैठको प्रारम्भिक योजना कसले कुन तहमा स्वीकृत गरेको थियो भन्ने प्रश्नमा प्रमाणको स्तर र व्यक्तिको भूमिकालाई छुट्याएर हेर्नुपर्छ। वाटरगेट भवनमा भएको घुसपैठबाट सुरु भए पनि यसको वास्तविक क्षेत्र अमेरिकी राजनीतिक सत्ताको केन्द्रसम्म फैलिएको थियो। यस काण्डको अर्को विशेषता के थियो भने, अपराधमा संलग्न व्यक्तिहरूको सम्बन्धले अनुसन्धानको दिशा बदल्न सक्ने अवस्था बनेको थियो। उनीहरू सामान्य राजनीतिक कार्यकर्ता मात्र थिएनन्। पूर्वगुप्तचर अधिकारी, चुनावी अभियानका कर्मचारी र ह्वाइट हाउससँग पहुँच भएका मानिसहरू घटनाको वरिपरि थिए। त्यसैले वाटरगेट एउटा भवनमा भएको घुसपैठबाट सुरु भए पनि यसको वास्तविक क्षेत्र अमेरिकी राजनीतिक सत्ताको केन्द्रसम्म फैलिएको थियो। एउटा पक्राउ, धेरै प्रश्न पक्राउ परेका पाँच जनाविरुद्ध मुद्दा अघि बढेपछि घटनाले थप राजनीतिक रूप लिन थाल्यो। एफबीआईले अनुसन्धान सुरु गर्‍यो। पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि, उनीहरूसँग भेटिएका सामग्री र उनीहरूको आर्थिक सम्बन्ध खोतलिँदै जाँदा राष्ट्रपतिको पुनर्निर्वाचन अभियानसँग सम्बन्ध देखिन थाल्यो। प्रहरी र अनुसन्धानकर्ताले घटनाको भौतिक प्रमाणबाट राजनीतिक सञ्जालसम्म पुग्ने बाटो पहिल्याउँदै थिए। यसैबीच, ‘द वासिङ्टन पोस्ट’का युवा पत्रकार बब वुडवर्ड र कार्ल बर्नस्टिनले घटनाको पछिल्लो कडी पछ्याउन थाले। सुरुमा उनीहरूको काम पक्राउ परेका व्यक्तिहरू र मुद्दाको विवरण संकलन गर्नु थियो। तर म्याककर्डको चुनावी अभियानसँगको सम्बन्ध, आर्थिक कारोबार र प्रशासनका अधिकारीहरूसँग जोडिएका सूचना क्रमशः समाचारको केन्द्रमा आउन थाले। सन् १९७३ मा वाटरगेट प्रकरणबारे अमेरिकी सिनेटको छानबिन समितिको सार्वजनिक सुनुवाइ। स्रोत: अमेरिकी सिनेट-वाटरगेटसम्बन्धी सरकारी अभिलेख। वुडवर्ड र बर्नस्टिनले एउटै स्रोतको भरमा कथा निर्माण गरेनन्। प्रहरी र अदालतका कागजात, अभियानसँग जोडिएका व्यक्तिहरू, सरकारी अधिकारी र गोप्य स्रोतबाट प्राप्त सूचनालाई मिलाएर उनीहरूले समाचार प्रकाशित गरे। अनुसन्धानका क्रममा उनीहरूले निक्सनको चुनावी अभियानले विपक्षी दलविरुद्ध गोप्य निगरानी र राजनीतिक अवरोधका गतिविधि सञ्चालन गरेको हुन सक्ने विवरण सार्वजनिक गरे। सन् १९७२ अक्टोबर १० मा प्रकाशित उनीहरूको एउटा महत्त्वपूर्ण समाचारले एफबीआई अनुसन्धानले निक्सनको पुनर्निर्वाचन अभियानसँग जोडिएको राजनीतिक जासुसी तथा अवरोधको व्यापक अभियान पत्ता लगाएको उल्लेख गर्‍यो। पत्रकारिताको यो काम सहज थिएन। ह्वाइट हाउसले वाटरगेट घुसपैठसँग राष्ट्रपतिको कुनै सम्बन्ध नभएको बताइरहेको थियो। निक्सनले पनि आफूलाई घटनाबाट अलग राखे। नोभेम्बर १९७२ मा उनले म्याकगभर्नलाई भारी मतले पराजित गरे। चुनावी परिणामले उनको राजनीतिक वैधता बलियो बनाएको देखिन्थ्यो। तर निर्वाचन जित्नु र अनुसन्धानबाट मुक्त हुनु फरक कुरा थिए। सन् २००५ मा त्यो स्रोत एफबीआईका पूर्वउच्च अधिकारी डब्ल्यू. मार्क फेल्ट भएको पुष्टि भयो। वुडवर्ड र बर्नस्टिनका समाचारले सार्वजनिक बहसलाई निरन्तरता दिए। उनीहरूका समाचारमा स्रोतको गोपनीयता महत्त्वपूर्ण थियो। पछि ‘डीप थ्रोट’ नामले चर्चित बनेको स्रोतले वुडवर्डलाई अनुसन्धानको दिशा बुझ्न सहयोग पुर्‍याएको थियो। सन् २००५ मा त्यो स्रोत एफबीआईका पूर्वउच्च अधिकारी डब्ल्यू. मार्क फेल्ट भएको पुष्टि भयो। तर वाटरगेटको पर्दाफासमा फेल्टको भूमिका मात्रै निर्णायक थियो भन्ने लोकप्रिय धारणालाई स्वयं पत्रकारहरूले पनि सच्याएका छन्। उनीहरूले अन्य स्रोत, सरकारी अनुसन्धान, संसदीय सुनुवाइ र अदालतको भूमिकालाई पनि महत्त्वपूर्ण मानेका थिए। यसैले वाटरगेटको पत्रकारितालाई एक जना गोप्य स्रोत र दुई जना पत्रकारको साहसिक कथामा सीमित गर्न मिल्दैन। स्रोतले दिशा देखाउन सक्छ, तर प्रमाणको परीक्षण, तथ्यको पुनःपुष्टि र सम्पादकीय निर्णयबिना त्यो समाचार बन्दैन। पत्रकारले सरकारको दाबीलाई अन्तिम सत्य मानेनन्; सरकारको विरोधलाई पनि स्वतः प्रमाण ठानेनन्। उनीहरूले उपलब्ध तथ्यलाई पछ्याए। यही निरन्तरता काण्डको राजनीतिक महत्त्व बढाउने एउटा कारण बन्यो। ढाकछोपको राजनीति वाटरगेटको वास्तविक संकट घुसपैठ भएको रातभन्दा त्यसपछि सुरु भयो। अनुसन्धान अघि बढ्दै गर्दा पक्राउ परेका व्यक्तिहरूलाई मौन राख्ने, उनीहरूको कानुनी खर्च जुटाउने र घटनाको राजनीतिक सम्बन्ध लुकाउने प्रयास भएको प्रमाण सार्वजनिक हुन थाल्यो। अनुसन्धानकर्ताको ध्यान अब कार्यालयमा प्रवेश गरेका पाँच जनाबाट उनीहरूलाई कसले परिचालन गर्‍यो र पक्राउपछि कसले संरक्षण गर्‍यो भन्ने प्रश्नतर्फ मोडियो। पक्राउ परेका म्याककर्डले अदालतलाई पत्र लेखेर अभियुक्तहरूलाई मौन रहन दबाब दिइएको र अदालतमा गलत बयान दिन लगाइएको संकेत गरे। यसले अनुसन्धानको दिशा फेर्‍यो। जनवरी १९७३ मा घुसपैठसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भयो। न्यायाधीश जोन सिरिकाले अभियुक्तहरूको बयान र मुद्दाको परिस्थितिबाट सबै तथ्य बाहिर नआएको आशङ्का व्यक्त गरे। पक्राउ परेका म्याककर्डले अदालतलाई पत्र लेखेर अभियुक्तहरूलाई मौन रहन दबाब दिइएको र अदालतमा गलत बयान दिन लगाइएको संकेत गरे। यसले अनुसन्धानको दिशा फेर्‍यो। अब यो घटनालाई केही व्यक्तिको आपराधिक काम भनेर टुंग्याउन सम्भव रहेन। फेब्रुअरी १९७३ मा अमेरिकी सिनेटले राष्ट्रपति निर्वाचन अभियानका गतिविधि छानबिन गर्न विशेष समिति गठन गर्‍यो। सिनेटर साम एर्भिनको नेतृत्वमा बनेको समितिले सार्वजनिक सुनुवाइ सुरु गर्‍यो। टेलिभिजनबाट प्रसारित सुनुवाइले अमेरिकी नागरिकलाई ह्वाइट हाउस, चुनावी अभियान र अनुसन्धानबीचको सम्बन्ध प्रत्यक्ष रूपमा हेर्ने अवसर दियो। यो राजनीतिक विवादलाई सार्वजनिक संस्थागत परीक्षणमा रूपान्तरण गर्ने निर्णायक कदम थियो। यस अवधिमा ह्वाइट हाउसका प्रमुख अधिकारीहरू पनि दबाबमा परे। राष्ट्रपति निक्सनका निकट सहयोगी एचआर हल्डेमन, जोन एरलिचम्यान र ह्वाइट हाउसका कानुनी सल्लाहकार जोन डिनको भूमिका अनुसन्धानको केन्द्रमा आयो। अप्रिल ३०, १९७३ मा हल्डेमन, एरलिचम्यान र डिनले पद छाडे। निक्सनले आफ्नो प्रशासनमा गल्ती भएको स्वीकार गर्ने शैलीमा सम्बोधन गरे पनि आफूलाई घुसपैठबारे पहिले जानकारी नभएको दाबी कायम राखे। निक्सनका लागि समस्या अब राजनीतिक आरोपको तहमा मात्र सीमित थिएन। डिनले राष्ट्रपतिलाई घटनाको जानकारी भएको र ढाकछोपबारे छलफल भएको दाबी गरेका थिए। तर ह्वाइट हाउसका पूर्वकानुनी सल्लाहकार डिनको बयानले संकटलाई नयाँ तहमा पुर्‍यायो। सन् १९७३ मार्च २१ मा राष्ट्रपति निक्सनसँग भएको भेटमा डिनले वाटरगेटको ढाकछोप राष्ट्रपति पदको नजिकै फैलिएको ‘क्यान्सर’ भएको चेतावनी दिएका थिए। पछि सिनेट समितिमा दिएको बयानमा उनले ह्वाइट हाउसका अधिकारीहरू, अभियुक्तहरूलाई दिइएको रकम र अनुसन्धान रोक्ने प्रयासबारे विस्तृत विवरण प्रस्तुत गरे। डिन स्वयं ढाकछोप प्रक्रियामा संलग्न रहेको तथ्य पनि महत्त्वपूर्ण थियो। त्यसैले उनको बयानलाई स्वतः निष्पक्ष प्रमाण मान्न मिल्दैनथ्यो। तर उनले दिएका विवरणलाई टेप, अन्य साक्षी र सरकारी अभिलेखसँग तुलना गर्न सकिने भएकाले अनुसन्धानमा त्यसको महत्त्व बढ्यो। निक्सनका लागि समस्या अब राजनीतिक आरोपको तहमा मात्र सीमित थिएन। डिनले राष्ट्रपतिलाई घटनाको जानकारी भएको र ढाकछोपबारे छलफल भएको दाबी गरेका थिए। निक्सनले यसको प्रतिवाद गर्न सक्थे। तर त्यसका लागि सबैभन्दा निर्णायक प्रमाण राष्ट्रपतिकै कार्यालयमा सुरक्षित थियो-गोप्य रूपमा रेकर्ड गरिएका संवाद। निक्सन प्रशासनका गोप्य संवाद रेकर्ड गर्न प्रयोग गरिएको ध्वनि अभिलेख उपकरण। स्रोत: अमेरिकी राष्ट्रिय अभिलेखालय, वाटरगेट संग्रह राष्ट्रपतिको कार्यालयभित्रै सुरक्षित प्रमाण सन् १९७३ जुलाई १६ मा सिनेटको सुनुवाइमा ह्वाइट हाउसका पूर्वसहयोगी अलेक्जेन्डर बटरफिल्डले एउटा महत्त्वपूर्ण तथ्य सार्वजनिक गरे। राष्ट्रपति निक्सनका कार्यालय र केही अन्य स्थानमा गोप्य रूपमा संवाद रेकर्ड गर्ने प्रणाली जडान गरिएको थियो। राष्ट्रपतिका बैठक र कुराकानी टेपमा सुरक्षित हुन्थे। यसअघि ह्वाइट हाउसका अधिकारीहरूको बयान र बाहिर आएका सूचनाको भरमा अघि बढिरहेको अनुसन्धानका लागि यो खुलासा अप्रत्याशित थियो। अब विवादको केन्द्रमा मानिसको स्मृति वा बयान मात्र थिएन; राष्ट्रपतिले आफैँ बोलेका शब्दहरूको अभिलेख थियो। सिनेटको अनुसन्धान समिति र वाटरगेटका विशेष अभियोजक आर्चिबाल्ड कक्सले ती टेप उपलब्ध गराउन माग गरे। निक्सनले कार्यकारी विशेषाधिकारको तर्क अघि सारे। राष्ट्रपतिका अनुसार ह्वाइट हाउसका गोप्य संवाद सार्वजनिक गर्दा कार्यकारी शाखाको कामकाज, राष्ट्रिय हित र राष्ट्रपतिको सल्लाह लिने प्रक्रियामा असर पर्न सक्थ्यो। यो तर्कमा संवैधानिक प्रश्न थियो। राष्ट्रपतिले आफ्ना सल्लाहकारसँग गरेका सबै संवाद सार्वजनिक हुनुपर्छ भन्ने होइन। तर आपराधिक मुद्दामा आवश्यक प्रमाण मागिएको अवस्थामा राष्ट्रपतिले त्यसलाई पूर्ण रूपमा रोक्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न अलग थियो। राष्ट्रपतिले आफ्नै न्याय मन्त्रालयभित्रका अधिकारीलाई अनुसन्धान रोक्न प्रयोग गरेको दृश्यले जनआक्रोश चर्कायो। कक्सले टेप मागिरहे। निक्सनले टेप दिन अस्वीकार गरे। अक्टोबर १९, १९७३ मा राष्ट्रपतिले सिनेटर जोन स्टेनिसलाई टेप सुनेर त्यसको सार अभियोजकलाई उपलब्ध गराउने प्रस्ताव गरे। तर कक्सले मूल टेप नै चाहिने अडान छाडेनन्। त्यसको भोलिपल्ट निक्सनले महान्यायाधिवक्ता इलियट रिचर्डसनलाई कक्सलाई पदबाट हटाउन आदेश दिए। रिचर्डसनले अस्वीकार गर्दै राजीनामा दिए। उपमहान्यायाधिवक्ता विलियम रकेल्सहाउसले पनि आदेश मान्न अस्वीकार गरे र पद छाडे। अन्ततः महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका रोबर्ट बोर्कले कक्सलाई बर्खास्त गरे। अक्टोबर २० को यो घटनाक्रम ‘स्याटर्डे नाइट म्यासेकर’ अर्थात् शनिबार रातिको बर्खास्तगीका रूपमा चर्चित भयो। राष्ट्रपतिले आफ्नै न्याय मन्त्रालयभित्रका अधिकारीलाई अनुसन्धान रोक्न प्रयोग गरेको दृश्यले जनआक्रोश चर्कायो। कक्सलाई हटाउनु अनुसन्धान समाप्त गर्नु थिएन; बरु यसले ह्वाइट हाउसले प्रमाण सार्वजनिक हुन नदिन कति टाढासम्म जान सक्छ भन्ने प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। पछि लियोन जावोर्स्की विशेष अभियोजक नियुक्त भए र अनुसन्धान अघि बढ्यो। राष्ट्रपतिकी निजी सचिव रोज मेरी वुड्सले टाइप गर्ने क्रममा गल्तीले टेपको अंश मेटिएको हुन सक्ने व्याख्या दिइन्। यसबीच टेपको विषय झन् जटिल बन्यो। राष्ट्रपतिको कार्यालयबाट माग गरिएका रेकर्डमध्ये एउटा टेपमा १८ मिनेट ३० सेकेन्डभन्दा बढी समयको खाली भाग भेटियो। त्यो टेप सन् १९७२ जुन २० मा निक्सन र हल्डेमनबीच भएको संवादको थियो- वाटरगेट घुसपैठ भएको तीन दिनपछि। ह्वाइट हाउसले त्यसलाई दुर्घटनावश मेटिएको बतायो। राष्ट्रपतिकी निजी सचिव रोज मेरी वुड्सले टाइप गर्ने क्रममा गल्तीले टेपको अंश मेटिएको हुन सक्ने व्याख्या दिइन्। तर त्यो स्पष्टीकरणमाथि प्रश्न उठे। खाली भागमा के थियो र कसरी मेटियो भन्ने विषय पूर्ण रूपमा स्थापित हुन सकेन। टेपको त्यो खाली भाग वाटरगेटको सबैभन्दा चर्चित अनुत्तरित प्रश्नमध्ये एक बन्यो। त्यसलाई मेटाउने व्यक्ति वा उद्देश्यबारे विभिन्न अनुमान भए। तर उपलब्ध प्रमाणले कसले जानाजानी मेटाएको थियो भनेर निर्णायक निष्कर्ष दिन सकेन। त्यसैले यसलाई प्रमाणित षड्यन्त्रका रूपमा प्रस्तुत गर्न मिल्दैन। यसको ऐतिहासिक महत्त्व भने अर्कै थियो- राष्ट्रपतिले अनुसन्धानलाई सहयोग गर्नुपर्ने अवस्थामा उपलब्ध गराइएको प्रमाणमै अपूरोपन देखिनु र त्यसको विश्वसनीय व्याख्या नआउनु। सर्वोच्च अदालतको निर्णय र ‘स्मोकिङ गन’ सन् १९७४ मा वाटरगेटको विवाद अमेरिकी संवैधानिक व्यवस्थाको प्रत्यक्ष परीक्षण बन्यो। विशेष अभियोजक जावोर्स्कीले राष्ट्रपतिसँग थप टेप र कागजात मागे। निक्सनले कार्यकारी विशेषाधिकारको दाबी गर्दै फेरि अस्वीकार गरे। मुद्दा सर्वोच्च अदालत पुग्यो। जुलाई २४, १९७४ मा अदालतले युनाइटेड स्टेट्स भर्सेस निक्सन मुद्दामा सर्वसम्मत निर्णय सुनायो। अदालतले राष्ट्रपतिले गोपनीयताको सामान्य दाबीका आधारमा आपराधिक मुद्दाका लागि आवश्यक प्रमाण रोक्न नसक्ने ठहर गर्‍यो। कार्यकारी विशेषाधिकारको अस्तित्व स्वीकार गर्दै पनि न्यायिक प्रक्रियाको आवश्यकता र प्रमाणको विशिष्ट मागका अगाडि त्यसको सीमा हुने स्पष्ट पारियो। अदालतले राष्ट्रपतिको कार्यालयलाई सामान्य प्रशासनिक कार्यालयजस्तो व्यवहार गरेन; राष्ट्रपतिको संवादको गोपनीयतालाई विशेष महत्त्व दियो। यो निर्णय अमेरिकी संवैधानिक इतिहासमा महत्त्वपूर्ण थियो। राष्ट्रपतिको पदले उनलाई कानुन र न्यायिक प्रक्रियाभन्दा माथि राख्दैन भन्ने सिद्धान्तलाई अदालतले व्यवहारमा स्थापित गर्‍यो। अदालतले राष्ट्रपतिको कार्यालयलाई सामान्य प्रशासनिक कार्यालयजस्तो व्यवहार गरेन; राष्ट्रपतिको संवादको गोपनीयतालाई विशेष महत्त्व दियो। तर आपराधिक न्यायको निष्पक्ष सञ्चालनका लागि आवश्यक प्रमाण उपलब्ध गराउनुपर्ने अवस्था आएपछि त्यो गोपनीयता पूर्ण ढाल बन्न नसक्ने बतायो। अदालतको आदेशपछि निक्सनले टेप उपलब्ध गराउनुपर्‍यो। अगस्ट ५, १९७४ मा सार्वजनिक गरिएको सन् १९७२ जुन २३ को संवादले घटनालाई निर्णायक मोडमा पुर्‍यायो। यसलाई पछि ‘स्मोकिङ गन’ भनियो। उक्त संवादमा निक्सन र उनका प्रमुख कर्मचारी हल्डेमनले एफबीआईको वाटरगेट अनुसन्धान कसरी रोक्न सकिन्छ भन्नेबारे छलफल गरेका थिए। उनीहरूले केन्द्रीय गुप्तचर निकायलाई एफबीआईसँग कुरा गर्न लगाएर घुसपैठलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका रूपमा प्रस्तुत गर्ने र अनुसन्धान रोक्ने सम्भावनाबारे कुरा गरेका थिए। राष्ट्रपतिले घटनाबारे केही थाहा नभएको वा आफूले अनुसन्धानमा हस्तक्षेप नगरेको दाबीलाई टेपले कमजोर बनायो। यस संवादले निक्सनले सार्वजनिक रूपमा दिएको स्पष्टीकरण र अनुसन्धान रोक्ने विषयमा भएको निजी छलफलबीचको विरोधाभास देखायो। यसले घुसपैठको प्रारम्भिक योजना कसले बनाएको थियो भन्ने सबै प्रश्नको उत्तर दिएको थिएन। तर अनुसन्धानलाई रोक्ने प्रयासमा राष्ट्रपतिको आफ्नै सहभागिता देखाउने प्रमाणका रूपमा यसको प्रभाव असाधारण थियो। राष्ट्रपतिले घटनाबारे केही थाहा नभएको वा आफूले अनुसन्धानमा हस्तक्षेप नगरेको दाबीलाई टेपले कमजोर बनायो। टेप सार्वजनिक भएपछि निक्सनलाई समर्थन गर्दै आएका रिपब्लिकन सांसदहरू पनि पछि हट्न थाले। जुलाई २७ देखि ३० सम्म प्रतिनिधिसभाको न्यायिक समितिले राष्ट्रपतिविरुद्ध महाभियोगका तीनवटा आधार स्वीकृत गर्‍यो। ती आरोपमा न्यायिक प्रक्रियामा अवरोध, राष्ट्रपतीय शक्तिको दुरुपयोग र संसदीय छानबिनका लागि मागिएका कागजात तथा प्रमाण उपलब्ध नगराउनु समावेश थिए। यो पूर्ण प्रतिनिधिसभाले महाभियोग पारित गरेको अवस्था भने थिएन; समितिले महाभियोगका प्रस्ताव अघि बढाएको थियो। तर राजनीतिक रूपमा निक्सनको अवस्था अत्यन्त कमजोर भइसकेको थियो। अगस्ट ८, १९७४ को साँझ निक्सनले राष्ट्रका नाममा सम्बोधन गर्दै भोलिपल्टदेखि पद त्याग गर्ने घोषणा गरे। अगस्ट ९ मा उनको राजीनामा लागू भयो। उपराष्ट्रपति जेराल्ड फोर्डले राष्ट्रपतिको जिम्मेवारी सम्हाले। वाटरगेटले अमेरिकामा पहिलोपटक पदमा बहाल राष्ट्रपतिलाई महाभियोगको सम्भावना र आफ्नै प्रशासनसँग सम्बन्धित प्रमाणको दबाबमा राजीनामा दिन बाध्य बनायो। वाटरगेट काण्डपछि सन् १९७४ अगस्ट ९ मा राजीनामा दिएर ह्वाइट हाउस छाड्दै राष्ट्रपति रिचर्ड निक्सन। स्रोत: रोबर्ट एल. नड्सन, रिचर्ड निक्सन प्रेसिडेन्सियल लाइब्रेरी राजीनामापछि पनि नसकिएको हिसाब निक्सनको राजीनामाले वाटरगेटको राजनीतिक संकट अन्त्य गर्‍यो, तर कानुनी र नैतिक प्रश्नहरू बाँकी नै रहे। घटनामा संलग्न धेरै अधिकारी र सहयोगीमाथि अनुसन्धान तथा मुद्दा अघि बढे। पूर्वमहान्यायाधिवक्ता जोन मिचेल, पूर्वह्वाइट हाउस प्रमुख हल्डेमन, एरलिचम्यान र अन्य अधिकारीहरूविरुद्ध आपराधिक अभियोग लगाइयो। उनीहरूमाथि षड्यन्त्र, न्यायिक प्रक्रियामा अवरोध, गलत बयान र अनुसन्धानसँग सम्बन्धित अन्य कसुरका आरोप थिए। विभिन्न मुद्दामा केही दोषी ठहरिए र जेल सजाय भोगे। यसले वाटरगेटलाई राष्ट्रपतिको पतनमा सीमित नराखी प्रशासनका उच्च अधिकारीको जवाफदेहितासँग पनि जोड्यो। तर निक्सन स्वयंले वाटरगेटसम्बन्धी आपराधिक मुद्दामा अदालतबाट दोषी ठहरिने अवस्था आएन। राजीनामापछि राष्ट्रपति फोर्डले सेप्टेम्बर ८, १९७४ मा उनलाई पूर्ण क्षमादान दिए। फोर्डको तर्क थियो—पूर्वराष्ट्रपतिविरुद्ध लामो कानुनी प्रक्रिया चलिरहँदा देशको राजनीतिक घाउ निको पार्न कठिन हुनेछ। उनले मुलुकलाई अगाडि बढाउन यो निर्णय आवश्यक भएको बताए। तर यो निर्णयले अर्को विवाद जन्मायो। न्यायिक परीक्षणको सामना नगरी पूर्वराष्ट्रपतिले क्षमादान पाउनु न्यायको समानता हो कि राजनीतिक स्थिरताका नाममा गरिएको सम्झौता भन्ने प्रश्न उठ्यो। फोर्डको निर्णयको समर्थन र विरोध दुवै भए। चुनावी रकमको विवरण सार्वजनिक गर्ने व्यवस्था कडा बनाइयो। निर्वाचन अभियानको आर्थिक गतिविधि नियमन र अनुगमन गर्न स्वतन्त्र संघीय निर्वाचन आयोग गठन गर्ने व्यवस्था पनि गरियो। यसले वाटरगेटको एउटा असहज निष्कर्ष देखाउँछ। राष्ट्रपतिको पद गुम्यो, उनका निकट सहयोगीमध्ये केही जेल पुगे, तर राष्ट्रपतिले स्वयं अदालतमा अभियोगको सामना गर्नुपरेन। राजनीतिक जिम्मेवारी र आपराधिक दायित्व फरक हुन्। निक्सनको राजीनामा राजनीतिक पतनको परिणाम थियो; फोर्डको क्षमादानले सम्भावित संघीय अभियोजनको बाटो बन्द गर्‍यो। त्यसैले वाटरगेटको अन्त्यलाई पूर्ण न्यायिक हिसाबकिताबका रूपमा बुझ्न सकिँदैन। लोकतन्त्रले के सिक्यो, के सुधार्‍यो? वाटरगेटपछि अमेरिकी राजनीतिमा चुनावी खर्च, राजनीतिक चन्दा, सरकारी निगरानी र राष्ट्रपतिको अधिकारबारे सुधारको बहस तीव्र भयो। सन् १९७१ मै बनेको संघीय निर्वाचन अभियान ऐनलाई सन् १९७४ मा संशोधन गरियो। व्यक्तिगत दान, राजनीतिक दल र राजनीतिक कार्यसमितिबाट हुने चन्दामा सीमा तोकियो। चुनावी रकमको विवरण सार्वजनिक गर्ने व्यवस्था कडा बनाइयो। निर्वाचन अभियानको आर्थिक गतिविधि नियमन र अनुगमन गर्न स्वतन्त्र संघीय निर्वाचन आयोग गठन गर्ने व्यवस्था पनि गरियो। आयोगले सन् १९७५ मा काम सुरु गर्‍यो। यी सुधारले राजनीतिक पैसाको स्रोत र प्रयोगलाई सार्वजनिक निगरानीमा ल्याउने प्रयास गरे। तर वाटरगेटले देखाएको समस्या केवल चुनावी चन्दा व्यवस्थापनको थिएन। सरकारी संयन्त्र र राजनीतिक अभियानबीचको सीमारेखा धमिलिँदा राज्यका संस्थालाई दलगत स्वार्थका लागि प्रयोग गर्न सकिने जोखिम थियो। गुप्तचर निकायको नाम लिएर अनुसन्धान रोक्ने प्रस्ताव, सरकारी अधिकारीमाथि दबाब, प्रमाण लुकाउने प्रयास र सार्वजनिक जवाफदेहिताबाट बच्ने रणनीतिले संस्थागत नियन्त्रणको आवश्यकता देखाए। सन् १९७८ को राष्ट्रपति अभिलेख ऐनले राष्ट्रपतीय अभिलेखलाई व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक अभिलेखका रूपमा व्यवस्थापन गर्ने आधार बलियो बनायो। वाटरगेटपछि राष्ट्रपतीय अभिलेखको संरक्षणसम्बन्धी व्यवस्था पनि महत्त्वपूर्ण बन्यो। निक्सनले आफ्नो कार्यकालका कागजात र टेपमाथि नियन्त्रण राख्न खोजेपछि अमेरिकी कंग्रेसले सन् १९७४ मा राष्ट्रपति अभिलेख तथा सामग्री संरक्षण ऐन पारित गर्‍यो। त्यसपछि सन् १९७८ को राष्ट्रपति अभिलेख ऐनले राष्ट्रपतीय अभिलेखलाई व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक अभिलेखका रूपमा व्यवस्थापन गर्ने आधार बलियो बनायो। यसले इतिहास लेखन, अनुसन्धान र नागरिकको सूचनामा पहुँचका लागि दीर्घकालीन प्रभाव पार्‍यो। तर वाटरगेटले पत्रकारिताको भूमिकाबारे पनि स्थायी बहस छाड्यो। वुडवर्ड र बर्नस्टिनको रिपोर्टिङले अनुसन्धानलाई सार्वजनिक चासोको विषय बनायो। उनीहरूको कामले द वासिङ्टन पोस्टलाई सन् १९७३ को सार्वजनिक सेवा पुलित्जर पुरस्कार दिलायो। तर पत्रकारिताले मात्रै राष्ट्रपति ढालेको निष्कर्ष अधुरो हुन्छ। एफबीआईको अनुसन्धान, अभियुक्त म्याककर्डको पत्र, न्यायाधीश सिरिकाको कडा निगरानी, सिनेटको सुनुवाइ, विशेष अभियोजकहरूको काम, टेपको अभिलेख र सर्वोच्च अदालतको निर्णय एकअर्कासँग जोडिएपछि मात्र राष्ट्रपतिको दाबी परीक्षण गर्न सकिने अवस्था बनेको थियो। राष्ट्रपति रोनाल्ड रेगनले सन् १९८१ मा उनलाई क्षमादान दिए। त्यसैले उनलाई लोकतन्त्रका निष्कलङ्क रक्षकका रूपमा मात्र चित्रण गर्नु पनि इतिहासको अपूर्ण प्रस्तुति हुन्छ। अर्कोतर्फ, ‘डीप थ्रोट’को पहिचान खुलेपछि खोज पत्रकारिताको इतिहासमा गोप्य स्रोतको भूमिका फेरि बहसमा आयो। मार्क फेल्ट एफबीआईका उच्च अधिकारी थिए। उनले वुडवर्डलाई सूचना र संकेत दिएका थिए। तर उनको आफ्नै पृष्ठभूमि पनि विवादरहित थिएन। वाटरगेटपछि उनीमाथि अर्कै प्रकरणमा अवैध घरप्रवेशसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा मुद्दा चल्यो र सन् १९८० मा दोषी ठहरिए। राष्ट्रपति रोनाल्ड रेगनले सन् १९८१ मा उनलाई क्षमादान दिए। त्यसैले उनलाई लोकतन्त्रका निष्कलङ्क रक्षकका रूपमा मात्र चित्रण गर्नु पनि इतिहासको अपूर्ण प्रस्तुति हुन्छ। वाटरगेटको एउटा कम चर्चित पक्ष सुरक्षा गार्ड फ्र्याङ्क विल्सको कथा हो। उनले ढोकाको चुकुलमा टेप देखेर प्रहरीलाई खबर नगरेको भए त्यो रात पक्राउ नहुन पनि सक्थ्यो। तर त्यसपछि अनुसन्धान कहिल्यै बाहिर आउँदैनथ्यो भन्ने निष्कर्ष निकाल्न सकिँदैन। निक्सन प्रशासनका गतिविधिबारे अन्य सूचना र अनुसन्धान पनि चलिरहेका थिए। विल्सको भूमिका भने एउटा सानो नागरिक सतर्कताले ठूलो संस्थागत घटनाको ढोका खोल्न सक्छ भन्ने उदाहरण बन्यो। पछि उनलाई पर्याप्त सम्मान र अवसर नदिइएको विषयमा पनि प्रश्न उठे। वाटरगेटको इतिहासमा चर्चित पत्रकार र राजनीतिक पात्रको तुलनामा पहिलो सूचना दिने सुरक्षा गार्डको नाम लामो समय ओझेलमा रह्यो। काण्डको वास्तविक केन्द्र वाटरगेटलाई प्रायः एउटा सरल कथाका रूपमा सम्झिइन्छ, पाँच जना मानिस विपक्षी दलको कार्यालयमा घुसे, पत्रकारले अनुसन्धान गरे, टेप सार्वजनिक भयो र राष्ट्रपति राजीनामा दिन बाध्य भए। तर घटनाको वास्तविक इतिहास योभन्दा जटिल छ। चुनावी अभियानको गोप्य गतिविधि, सरकारी अधिकारीको संलग्नता, अनुसन्धानलाई प्रभावित पार्ने प्रयास, प्रमाण लुकाउने विवाद, संसद्को निगरानी, न्यायिक हस्तक्षेप र राजनीतिक समर्थन खस्किँदै गएको क्रमले यसलाई ऐतिहासिक काण्ड बनायो। महान्यायाधिवक्ता र उनका सहयोगीले आदेश अस्वीकार गर्दा पद छाडे। सर्वोच्च अदालतले राष्ट्रपतिको गोपनीयताको दाबीलाई सीमित गर्‍यो। यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष राष्ट्रपतिको गल्ती सार्वजनिक हुनु मात्र थिएन। सत्ता प्रमुखले आफूविरुद्धको अनुसन्धान रोक्न सरकारी संयन्त्र प्रयोग गर्न खोज्दा संस्थाहरूले कसरी प्रतिक्रिया दिए भन्ने थियो। एफबीआईले अनुसन्धान जारी राख्यो। सिनेटले सार्वजनिक सुनुवाइ गर्‍यो। विशेष अभियोजकले प्रमाण मागे। महान्यायाधिवक्ता र उनका सहयोगीले आदेश अस्वीकार गर्दा पद छाडे। सर्वोच्च अदालतले राष्ट्रपतिको गोपनीयताको दाबीलाई सीमित गर्‍यो। यी संस्थागत प्रतिक्रियाले राष्ट्रपतिको पदलाई शक्तिशाली बनाउने संविधानले नै त्यस शक्तिमाथि नियन्त्रण राख्ने व्यवस्था पनि गरेको छ भन्ने देखाए। तर संस्थाहरू आफैँ स्वतः निष्पक्ष रहन्छन् भन्ने पनि वाटरगेटले देखाएन। ह्वाइट हाउसका केही अधिकारी अनुसन्धान रोक्ने प्रयासमा सहभागी भए। न्याय मन्त्रालयभित्रका पदाधिकारीमाथि दबाब आयो। गोप्य टेपको केही अंश हरायो। राष्ट्रपतिको क्षमादानले पूर्ण न्यायिक परीक्षणको सम्भावना समाप्त गर्‍यो। अर्थात् लोकतान्त्रिक व्यवस्था केवल संविधानमा लेखिएका अधिकार र कर्तव्यले टिक्दैन; ती व्यवस्था प्रयोग गर्ने मानिसको निर्णय, संस्थाको स्वायत्तता र सार्वजनिक निगरानीले पनि त्यसलाई टिकाइराख्नुपर्छ। वाटरगेटको अर्को पाठ प्रेस स्वतन्त्रतासँग जोडिन्छ। सरकारका शक्तिशाली अधिकारीले दिएको स्पष्टीकरणलाई जस्ताको तस्तै प्रकाशन गर्नु पत्रकारिता होइन। तर गोप्य स्रोतले दिएको सूचनालाई पर्याप्त परीक्षण नगरी सत्य मान्नु पनि पत्रकारिता होइन। वाटरगेटका पत्रकारले सरकारी दाबी र निजी सूचनाबीचको अन्तर खोजे, तर उनीहरूको समाचारलाई अनुसन्धान, कागजात र अन्य स्रोतले पुष्टि गर्नुपर्ने आवश्यकता पनि उत्तिकै थियो। पत्रकारिताको प्रभाव प्रमाणको गुणस्तर, सम्पादकीय स्वतन्त्रता र प्रश्न गरिरहने क्षमतामा निर्भर हुन्छ। वाटरगेटको अन्तिम दृश्य ह्वाइट हाउसबाट हेलिकप्टर चढेर बाहिरिँदै गरेका निक्सनको थियो। त्यो दृश्यले एउटा राष्ट्रपतिको अन्त्य देखायो। तर त्यस घटनाको ऐतिहासिक अर्थ त्यसभन्दा फराकिलो छ। वाटरगेटले निक्सनको राजनीतिक जीवन समाप्त गर्‍यो। तर यसले अमेरिकी लोकतन्त्रलाई सधैँका लागि सबै प्रकारका सत्ता दुरुपयोगबाट सुरक्षित बनायो भन्न सकिँदैन। निर्वाचनमा पैसाको प्रभाव, राष्ट्रपतीय अधिकारको सीमा, गोप्य सरकारी गतिविधि र राजनीतिक जवाफदेहिताबारे विवाद त्यसपछि पनि जारी रहे। सुधारका कानुन बने, अभिलेख संरक्षणको व्यवस्था बलियो भयो र पत्रकारिताको निगरानी भूमिकालाई नयाँ मान्यता मिल्यो। तर ती सुधार कार्यान्वयन गर्ने संस्था र तिनको स्वायत्तता निरन्तर परीक्षणमा रहन्छन्। वाटरगेटको अन्तिम दृश्य ह्वाइट हाउसबाट हेलिकप्टर चढेर बाहिरिँदै गरेका निक्सनको थियो। त्यो दृश्यले एउटा राष्ट्रपतिको अन्त्य देखायो। तर त्यस घटनाको ऐतिहासिक अर्थ त्यसभन्दा फराकिलो छ। एउटा सानो टेपले ढोका खुला राखेको थियो; एउटा टेपले राष्ट्रपतिको गोप्य संवाद सुरक्षित गरेको थियो; र त्यही संवाद सार्वजनिक भएपछि शक्तिको दाबीभन्दा प्रमाण बलियो हुन सक्छ भन्ने कुरा अमेरिकी राजनीतिले देख्नुपर्‍यो। वाटरगेटको स्थायी प्रश्न आज पनि उही छ, सत्तामा बसेको व्यक्तिले अनुसन्धान रोक्न खोज्दा उसलाई रोक्ने संस्था कति स्वतन्त्र, कति सक्षम र कति जवाफदेही छन्?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य
Latest NewsJust now

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ । ...

कान्तिपुर
मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल
Latest NewsJust now

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

काठमाडौं । मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन्। मिलर ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख पात्रमध्ये एक हुन्। मिलरको नियुक्तिसँगै ह्वाइट हाउसमा यो महत्त्वपूर्ण पदमा सुजी विल्सको स्थानमा नयाँ अनुहार आएको छ। रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको नियन्त्रण गुमाएपछि विल्सले आफ्नो पदबाट राजीनामा दिएका हुन्। यो हारले ह्वाइट हाउसमा ...

केन्द्रबिन्दु
तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो
Latest NewsJust now

तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो

काठमाडौं । चीनको वुहुमा आयोजना गरिएको ओमोडा एण्ड जेइकुको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न भएको छ । अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए। समिटमा कम्पनीले आफ्ना नयाँ प्रविधि, सवारी साधन र भविष्यको स्मार्ट मोबिलिटीसम्बन्धी योजना प्रस्तुत गरेको थियो । समिटको मुख्य […] ...

लोकपथ
अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ, कात्तिक २१ गते । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play