वर्षौँ लगाएर सिक्का जम्मा गरेर भारतमा एक व्यक्तिले स्कूटर किने

तेलङ्गाना भारतका एकजना व्यक्तिले १० रुपैयाँका हजारौँ सिक्का वर्षौँ लगाएर सङ्कलन गरेर एउटा स्कूटर किनेका छन्। स्कूटरको पूरा मूल्य भारतीय रूपैयाँ १२३००० (करिब १३०० अमेरिकी डलर) उनले सिक्कामा नै तिरेका थिए। बोद्दु रवि जोसेफले ल्याएको सिक्का गन्न स्कूटर पसलेका कर्मचारीलाई घण्टौँ लागेको थियो। उनले तरकारी किन्दा वा खाद्यान्न किन्दा फिर्ता पाउने गरेका दश रुपैयाँका सिक्का जम्मा गर्ने उनको दैनिक काम भएको थियो। उनको परिवारले सुरुमा मन नपराए पनि पछि समर्थन गरेको उनले बताए। एक भिडिओ। बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आधिकारिक माध्यमबाट मात्र हेर्न प्रशंसकहरूसँग विशेष अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश... ...

अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ...

रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका हुन्। त्यहाँबाट भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवा... ...

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ६ गते । जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करि... ...


