Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । लैङ्गिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लङ्घनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्नेमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जोड दिइन्। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा आयोजित राष्ट्रिय प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसापीडितले समयमै न्याय, संरक्षण र पुनर्स्थापना नपाउँदा त्यसको असर व्यक्ति र परिवारमा मात्र नभई समग्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा पर्ने बताइन्। उनले लैङ्गिक हिंसाको अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततालाई राज्यको प्राथमिक दायित्वका रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै हिंसामुक्त समाज निर्माणलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्ने बताइन्। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ५ प्रतिशतले यौन हिंसा भोगेको तथ्य प्रस्तुत गर्दै मन्त्री बादीले हिंसा भोगेका ५८ प्रतिशत महिलाले कसैसँग सहयोग नमागेको वा न्यायको खोजी नगरेको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याइन्। सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव, न्यायिक प्रक्रियाको उच्च खर्च र आर्थिक परनिर्भरताका कारण हिंसापीडित महिलाहरू न्यायको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्यका सबै संयन्त्र जिम्मेवार र जवाफदेही हुनुपर्ने उनको भनाइ थियो। हिंसाले महिलाको शिक्षा, रोजगारी, आयआर्जन र उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै मन्त्री बादीले स्वास्थ्य उपचार, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनर्स्थापनामा लाग्ने खर्चले व्यक्ति, परिवार र राष्ट्रमाथि दीर्घकालीन आर्थिक भार सिर्जना गर्ने बताइन्। त्यसैले लैङ्गिक हिंसा अन्त्य र न्याय सुनिश्चित गर्न गरिने लगानीलाई खर्चका रूपमा नभई दिगो आर्थिक विकास र समृद्धिका लागि अपरिहार्य लगानीका रूपमा बुझ्नुपर्ने उनले स्पष्ट पारिन्। नेपालको संविधानको धारा ३८(३) ले प्रत्येक महिलालाई हिंसाविरुद्धको मौलिक हक सुनिश्चित गरेको तथा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ र मुलुकी अपराध संहिता, २०७४ लगायतका कानुनी व्यवस्था कार्यान्वयनमा रहे पनि कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको मन्त्री बादीले बताइन्। सरकारले लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०८२र८३ देखि २०८७र८८ सम्मका लागि तर्जुमा गरी हिंसाप्रति शून्य सहनशीलता, मानव अधिकारको सम्मान, लैङ्गिक समानता, पीडितकेन्द्रित दृष्टिकोण, अन्तरतह समन्वय र जवाफदेहितालाई प्रमुख आधार बनाएको उनले जानकारी दिइन्। उक्त कार्ययोजनामार्फत सबै प्रकारका लैङ्गिक तथा प्रविधिजन्य हिंसाको रोकथाम, हिंसाप्रभावितको तत्काल उद्धार, संरक्षण तथा पुनर्स्थापना, निःशुल्क कानुनी सहायता, द्रुत न्यायिक सुनुवाइ र तीनै तहका सरकारबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी, लैङ्गिक हिंसा निवारण कोषमार्फत स्थानीय तहमा प्रत्यक्ष बीउ पुँजी हस्तान्तरण, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र , सुरक्षित आवास गृह तथा निःशुल्क कानुनी सहायताको विस्तारमा सरकार क्रियाशील रहेको मन्त्री बादीले बताइन्। उनले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई दिवस र औपचारिक प्रतिबद्धतामा मात्र सीमित नराखी व्यवहारमा परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीचको समन्वय र सहकार्यबाट मात्रै हिंसाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो। न्यायमा ढिलाइ हुनु भनेको प्रभावित व्यक्तिको आर्थिक र सामाजिक भविष्यमा थप क्षति पुग्नु भएको उल्लेख गर्दै मन्त्री बादीले न्यायमा पहुँचका विद्यमान अवरोध हटाउने, लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र हिंसापीडितलाई समयमै न्याय तथा पुनर्स्थापनाको सुनिश्चितता गर्ने विषयमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्। कुनै पनि व्यक्तिले आफ्नो सुरक्षा, न्याय र जीविकोपार्जनमध्ये एउटा रोज्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने स्पष्ट पार्दै उनले हिंसाप्रभावितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तीन जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

तीन जना फरार प्रतिवादी पक्राउ

साहारा लिम्बूताप्लेजुङ, मङ्सिर ९ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतको फैसला कार्यान्वयनका क्रममा तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी ४२ लाख २२ हजार २८९ रुपियाँ जरिवाना... ...

गोरखापत्र
विपद् आउनुअघि नै जोखिम पहिचान र व्यवस्थापनमा जोड दिन योकोसुकाको आग्रह
Latest NewsJust now

विपद् आउनुअघि नै जोखिम पहिचान र व्यवस्थापनमा जोड दिन योकोसुकाको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्को क्षति न्यूनीकरण गर्न विपद् आउनुअघि नै जोखिम पहिचान र व्यवस्थापनमा जोड दिनुपर्ने बताएकी... ...

रातोपाटी
एनपिएल चौथो संस्करण गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिन्छ ?
Latest NewsJust now

एनपिएल चौथो संस्करण गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिन्छ ?

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ । रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो । एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement