लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

काठमाडाैँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)को नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो । बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पती शुद्धीकरणको मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ । डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पती शुद्धीकरणको मुद्दालाई यथाशिघ्र टुंगोमा पु¥याउनुपर्ने उनीहरुको माग छ । विरोध प्रदर्शनमा सहभागि हरिजन विकले आफूहरु कुनै जाता वा धर्मको विरोधी नभएको स्पष्ट पारे । उनले सरकारले प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्त गरिरहेको भन्दै आपत्ति जनाए । नागरिकता नै विवादमा रहेको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै उनले डोल्माको नियुक्ति खारेज गर्न समेत माग गरे । उनले भने, “हामी कुनै जात, धर्म र समुदायको विरोधी होइनौँ । जहाँसम्म नेपालको प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्तिमा नागरिकताको समस्या भएकै व्यक्ति आइराख्नुभएको छ यसमा हाम्रो घोर आपत्ति हो । उहाँ आउनुमा पनि हामीलाई कुनै समस्या छैन । तर यो सरकारले उहाँ नेपाली नागरिक हुनुहुन्छ कि हुनुन्न भन्नेकुरा स्पष्ट पार्नुपर्यो । यो सरकारले कुन कुरा सत्य हो प्रमाणित गरिदिनुप¥यो ।” अर्का प्रदर्शनकारी विष्णु गुरुङले लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको झमेला आउनु नै तामाङ समूदायको लागि स्वीकार्य नभएको बताए । तामाङ समुदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने आफूहरुको माग रहेको उनको भनाइ छ । उनले भोलिको दिनमा डोल्मालाई समेत समस्या नहोस् र कोषको समेत हित होस् भनेर नै आफूहरु आन्दोलनमा आएको बताए । उनले भने, “तामाङ समूदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने हाम्रो माग हो । यदि उहाँ तामाङ हो भने ठिकै छ नभए तामाङको नागरिकता कसरी पाउनुभयो उहाँले ? उहाँको नागरिकतामाथि पनि किन यस्तो झमेला आयो । अहिले उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने, तर भोलिको दिनमा होइन तिम्रो त नागरिकता नै नेपाली होइन भनेर नागरिकता खोसेर बेला नबनाओस् सरकारले भनेर आन्दोलनमा आएका हौँ । हाम्रो उहाँप्रति कुनै दुष्टता छैन । सरकारले उहाँको नागरिकताको विषय स्पष्ट पारोस् ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । –न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on टक्सार
Related News

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका... ...

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुञ्जिन लागेको छ। सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्र... ...

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ
काठमाडौँ । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको... ...

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ... ...


