लगभग हरेक सङ्क्रमण पत्ता लगाउने आनुवंशिक प्रविधि

Getty Images यसले कोभिड-१९ को पहिचान गर्यो। अहिले यही आनुवंशिक प्रविधिले चिकित्सकहरूलाई जीवन र मृत्युबीचको निर्णय लिन मद्दत गरिरहेको छ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर चीनका तीन प्रमुख सहरका भाइरोलोजिस्टहरूको एउटा टोलीले रहस्यमय प्रकारको गम्भीर निमोनियाका कारण अस्पतालमा भर्ना भएका बिरामीहरूबाट सङ्कलन गरिएका स्वाबका नमुनाहरूको विश्लेषण गर्न थाल्यो।ती सबै बिरामीहरू बिरामी हुनुअघि वुहानस्थित ख्वानान समुद्री खाद्य बजार सी फूड मार्केटमा पुगेका थिए। तर भाइरोलोजिस्टहरूले ती नमुनाहरू परीक्षण गर्दा कुनै स्पष्ट नतिजा फेला पार्न सकेनन्। नमुनामा रहेको आनुवंशिक पदार्थ पहिले पत्ता लागिसकेको कुनै पनि प्याथोजेनसँग मेल खाएन।त्यसपछि चिकित्सकहरूले मेटाजेनोमिक परीक्षण नामको नयाँ परीक्षण विधिको सहारा लिए। पहिले नै चिनिएका सूक्ष्म जीवहरूको मात्र जाँच गर्नुको सट्टा यो परीक्षणले नमुनामा रहेका सबै सूक्ष्मजीवहरू पत्ता लगाउन सक्थ्यो। चाहे ती पहिला नै पहिचान गरिएका हुन् वा नगरिएका नै किन नहोउन्।यो परीक्षणले बिरामीहरूको नमुनामा रहेको प्याथोजेन कोरोनाभाइरस फ्यामिलीसँग निकै मिल्दोजुल्दै रहेको देखायो। यसमा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम जस्ता मानिसमा गम्भीर निमोनियाको प्रकोप गराइसकेका भाइरसहरू पनि समावेश थिए। 'मेरुदण्ड चल्न चाहन्छ': गर्दनलाई कसरी सीधा राख्ने'स्माइलिङ डिप्रेशन' के हो, यसलाई कसरी चिन्ने "अघिल्ला महामारीहरूको तुलनामा यो एउटा ठूलो परिवर्तन (गेम चेन्जर) थियो," सिङ्गापुरको न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरका सहप्राध्यापक निरञ्जन नागराजनले भने। प्याथोजेन के थियो भन्ने कुरा थाहा पाउनुले कोभिड-१९ को पहिचान गर्ने परीक्षणहरू छिटो विकास गर्न सम्भव बनायो जसले भाइरसको फैलावट नियन्त्रण गर्ने प्रयासमा मद्दत गर्यो। साथै यसले विश्वभरि उपचार र खोपहरूको खोजीलाई तीव्रता दियो।आजसम्म मेटाजेनोमिक्सको सबैभन्दा चर्चित प्रयोग यही नै हो। तर अहिले यो परीक्षण अस्पतालहरूमा पनि बढ्दो रूपमा प्रयोग हुन थालेको छ। सेप्सिस (रगतमा सङ्क्रमणका कारण उत्पन्न हुने गम्भीर अवस्था) को छिटो निदान गर्नेदेखि लिएर स्पष्ट कारण पत्ता नलागेका रोगहरूको कारण पहिचान गर्नेसम्म यसले पहिले नै मानिसहरूको जीवन बचाइरहेको छ।थाहा नभएको कुराको खुलासाजब कुनै बिरामी दुविधामा हुने, झुम्म हुने, ज्वरो आउने, टाउको दुख्ने र कमजोर महसुस हुनेजस्ता लक्षणहरू लिएर स्नायु रोगसम्बन्धी वार्डमा आइपुग्छ तब चिकित्सकहरूलाई यो जीवन र मृत्युबीचको सङ्घर्ष हुनसक्ने आपत्कालीन अवस्था हो भन्ने कुराको राम्रोसँग ज्ञान हुन्छ। यी लक्षणहरूले मेनिन्जाइटिस वा इन्सेफलाइटिसको सङ्केत गर्न सक्छन्। यी मस्तिष्क र मेरूदण्डलाई असर गर्ने घातक अवस्थाहरू हुन्। तर चिकित्सकहरूले प्राय: एउटा गम्भीर दुविधाको सामना गर्नुपर्छ। सबैभन्दा उपयुक्त उपचार बिरामीको अवस्था भाइरस वा ब्याक्टेरियाका कारण भएको हो अथवा मस्तिष्कको प्रतिरक्षा प्रणालीले अत्यधिक प्रतिक्रिया जनाएका कारण भएको हो भन्ने कुरामा निर्भर हुन्छ। तर सीमित परीक्षण सुविधा र कम समयका कारण चिकित्सकहरू प्राय: सम्भावित सबै कारणलाई ध्यानमा राखेर उपचार गर्न बाध्य हुन्छन्। "तपाईँले निर्णय तत्कलै लिनुपर्ने हुन्छ," अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोको चिकित्सा विभागका प्राध्यापक तथा सङ्क्रामक रोग विशेषज्ञ चार्ल्स चिओ भन्छन्। उनी मेटाजेनोमिक परीक्षणको प्रयोगसम्बन्धी नयाँ अध्ययनहरू गरिरहेका छन्। "हाल गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई चिकित्सकहरूले सङ्क्रमण र अटोइम्युन डिजिज दुवैको उपचार गर्छन्।" 'न्यूमोनिक प्लेग' कोभिडजस्तै विश्वभर फैलन सक्ने सम्भावना कति'मस्तिष्क खाने कीटाणु' विश्वभरि फैलिने डर केही हदसम्म यो विरोधाभासपूर्ण छ किनभने बिरामीलाई सङ्क्रमण भएको हुन सक्ने अवस्थामा पनि उसको प्रतिरक्षा प्रणालीलाई दबाउने उपचार गर्नुपर्ने हुन्छ। "तर प्राय: अर्को विकल्प हुँदैन," चिओ भन्छन्। अहिले मेटाजेनोमिक्सले यस्ता निर्णयहरू लिन चिकित्सकहरूलाई मद्दत गरिरहेको छ। चिओ र उनका सहकर्मीहरूको मस्तिष्क र मेरुदण्डलाई घेरेर राख्ने तरल पदार्थ अर्थात् सेरेब्रोस्पाइनल फ्लुइड भित्र प्याथोजेनहरू पहिचान गर्न एउटा अग्रणी मेटाजेनोमिक परीक्षण विकास गरेका छन्। यो परीक्षणले चिकित्सकहरूलाई थाहै नभएको अवस्थामा बिरामीका लक्षणहरूको वास्तविक कारण बनिरहेको प्याथोजेन पत्ता लगाएका उदाहरणहरू पनि फेला परिसकेका छन्। उदाहरणका लागि चिउले मेनिन्जाइटिस र कलेजो फेल हुने समस्या भएको निदान गरिएकी एक बिरामीलाई भेटेका थिए। उनको कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको थियो। तर उनको मेरुदण्डीय तरल पदार्थमा गरिएको मेटाजेनोमिक परीक्षणले उनी वास्तवमा हेपाटाइटिस ई भाइरसबाट सङ्क्रमित भएको खुलासा गर्यो।हेपाटाइटिस ई कलेजोको रोग निम्त्याउनसक्ने पहिल्यै चिनिएको र उपचार गर्न सकिने कारण हो। तर अमेरिकाजस्ता उच्च आय भएका देशहरूमा यसको परीक्षण सामान्यतया गरिँदैन।"हामीले उनलाई भाइरसविरुद्ध काम गर्ने औषधि दियौँ, उनको स्वास्थ्यमा सुधार आयो र यसरी हामीले उनलाई कलेजो प्रत्यारोपण गराउनुपर्ने अवस्थाबाट बचायौँ," चिओले भने।समयविरुद्धको दौडकमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूका लागि कुनै पनि सङ्क्रमण छिट्टै ज्यानै लिन सक्ने खतरामा परिणत हुन सक्छ। अङ्ग प्रत्यारोपण गरिएका बिरामीहरू, प्रतिरक्षा प्रणालीलाई दबाउने उपचार गराइरहेका क्यान्सरका बिरामीहरू र अटोइम्युन डिजिज भएका व्यक्तिहरूले सधैँ उच्च सतर्कता अपनाउनुपर्छ। अध्ययनहरूले सङ्क्रमणका कारण सेप्सिस वा रगतमा विषाक्तता उत्पन्न भएका प्रतिरक्षा प्रणाली कमजोर पारिएका बिरामीहरूको अस्पतालमा मृत्यु हुने जोखिम अन्य बिरामीहरूको तुलनामा २३ प्रतिशत बढी हुन्छ। तर यस्ता अवस्थामा छोटो निदान गर्नु सधैँ सजिलो हुँदैन। "निमोनिया वा सेप्सिसजस्ता अवस्थाहरू सयौँ सम्भावित प्याथोजेनहरूका कारण हुन सक्छन्। त्यसैले निदान गर्न निकै लामो प्रक्रिया पार गर्नुपर्छ र हामीले एकपछि अर्को परीक्षणका लागि नमुना पठाउनुपर्ने हुन्छ," चिओ भन्छन्। "यो समयसँगको दौड हुन सक्छ।" रुसमा प्लेग प्रयोगशालाकी कर्मचारीको मृत्यु, विश्वभरि चासो र चिन्ता किन कसैकसैलाई लामखुट्टेले बढी नै टोक्छ? आर्टिफिसिअल इन्टेलिजेन्सले व्यक्तिको जीन कसरी अभिव्यक्त भइरहेको छ भन्ने विश्लेषण गरेर कुन प्याथोजेनले क्षति पुर्याइरहेको छ भन्ने पहिचान गर्न मद्दत गर्न सक्छ। उदाहरणका लागि व्यक्तिले शरीरले कुन कुन प्रोटीन उत्पादन गरिरहेको छ भन्ने कुरा यसले विश्लेषण गर्न सक्छ। यसका आधारमा बिरामीको प्रतिरक्षा प्रणालीले भाइरससँग लडिरहेको छ वा भाइरससँग कुनै विशेष समस्या नदेखाइ रहिरहेको छ भन्ने अनुमान गर्नसकिन्छ।"यसले हामीलाई व्यक्तिअनुसार उपचार गर्ने चिकित्सकीय पद्धति अपनाउने क्षमता दिन्छ। यसबाट हामी प्रत्येक बिरामीका लागि सबैभन्दा उपयुक्त उपचार अनुकूलित वा व्यक्तिगत आवश्यकता अनुसार तय गर्न सक्छौँ," चिओ भन्छन्।जनस्वास्थ्यलाई पुन: आकार दिँदैमेटाजेनोमिक्स कति प्रभावकारी हुन सक्छ भन्नेबारे थप तथ्याङ्कहरू प्राप्त हुँदै जाँदा अस्पतालहरूमा यस्तो भूमिका अझ बढ्दै जान सक्छ। उदाहरणका लागि गत वर्ष लन्डनका दुई अस्पतालमा गरिएको एउटा प्रारम्भिक अध्ययनले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका कारण अस्पतालमा भर्ना भएका बिरामीहरूबारे मेटाजेनोमिक्सले थप जानकारी दिन सक्छ कि सक्दैन भन्ने अध्ययन गरेको थियो। अध्ययनले नियमित परीक्षणबाट पत्ता नलाग्ने प्याथोजेनहरूलाई मेटाजेनोमिक परीक्षणले ३० प्रतिशत अवस्थामा पहिचान गर्न सक्ने देखायो।एउटा घटनामा यो परीक्षणले एक बिरामीलाई जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थाबाट बचायो। ती बिरामीलाई फोक्सोको क्यान्सर भएको ठानिएको थियो तर वास्तवमा उनलाई क्षयरोग भएको रहेछ। यो परीक्षणले श्वासप्रश्वाससम्बन्धी भाइरस पार्भोभाइरस बी१९ का दुईवटा सङ्क्रमणका घटनासमेत पहिचान गर्यो। ब्रिटेन र युरोपका सम्बन्धित निकायहरूले यो भाइरसको सङ्क्रमण बढिरहेको भन्दै जनस्वास्थ्यसम्बन्धी चेतावनी जारी गर्नुभन्दा केही महिनाअघि नै परीक्षणले ती सङ्क्रमण पत्ता लगाएको थियो। यसले महामारीका सङ्केतबारे सम्बन्धित निकायहरूलाई समयमै जानकारी दिन मेटाजेनोमिक्स उपयोगी हुन सक्ने देखाउँछ। वास्तवमा नागराजनका अनुसार सिङ्गापुरका धेरै प्रयोगशालाहरूले अहिले ढल र हावाका नमुनाहरूमा मेटाजेनोमिक परीक्षण गरिरहेका छन्। त्यसपछि प्राप्त तथ्याङ्कलाई नयाँ भाइरसका सङ्केतहरू खोज्न तालिम दिइएका एआई मोडेलहरूबाट विश्लेषण गरिन्छ। यो काम भविष्यमा अर्को महामारी फैलिन नदिन गरिएका प्रयासहरूको एउटा हिस्सा हो। यस्तै सक्रिय निगरानीले कोभिड-१९ का पहिलो सङ्क्रमणहरू आधिकारिक रूपमा नष्ट हुनुभन्दा केही महिनाअघि नै फोहोर पानीमा कोभिड-१९ का अवशेषहरू भेटिएको देखाएको थियो। चमेरोबाट मानिसमा कोरोनाभाइरस सर्यो, तर सार्ने जीव 'पत्ता नलाग्न सक्छ' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

आहा हिमश्रृङ्खला (फोटो फिचर)
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय स्थलका रुपमा चिनिने पा... ...

असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० […] ...

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !
विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो । परम्परागत राजनीतिक... ...

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा... ...


