Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

रेल चलाउन नेपाली चालक खोज्दै रेलवे बोर्ड, मङ्सिर २१ सम्म आवेदन दिन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेल चलाउन नेपाली चालक खोज्दै रेलवे बोर्ड, मङ्सिर २१ सम्म आवेदन दिन सकिने
Photo / Coverage: पर्दाफास

नेपाल रेलवे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालकलाई नै सूचीकृत गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार रेल सेवा सञ्चालनका लागि दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालक आवश्यक रहेकाले इच्छुक नेपाली नागरिकलाई सूचीकृत हुन आग्रह गरिएको हो। सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र पेस गर्नुपर्नेछ। इच्छुक नेपाली नागरिकले आजदेखि मङ्सिर २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

पर्दाफास
विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध
OthersJust now

विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । विवरणअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा ...

पर्दाफास
जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा
OthersJust now

जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा

६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् । कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ । जुनीचाँदे गाउँपालिका–५ को डोग्रा… ...

अनलाइन खबर
सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्ने तयारी
OthersJust now

सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्ने तयारी

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सुनुवाइ समितिको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । २०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play