Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा हुन लागेको ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई अवार्डका लागि प्राप्त मनोनयन मूल्याङ्कन गर्ने मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारे जानकारी गराएका थिए। यस वर्षको कृति अवाड्र्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ। साथै सङ्गीत, कला, साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रका विज्ञ व्यक्तित्वहरूलाई समेत निर्णायक मण्डलमा समेटिएको आनले जनाएको छ। आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्। अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आन कार्यसमितिलाई निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग राखिएको संघले स्पष्ट पारेको छ। निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि संघले जनाएको छ। यस वर्षको कृति अवाड्र्समा रेड बुल मुख्य प्रायोजक रहेको छ। त्यस्तै, डिजिटल प्लेटफर्म इनमार्कको इन एसोसिएसन विथ प्रायोजन तथा जीएमडब्लू ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ। अवार्डसम्बन्धी थप जानकारीका लागि नेपाल विज्ञापन संघको सचिवालयमा ०१–४७५०६३ मा सम्पर्क गर्न सकिने संघका महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन्। The post ‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गाउँको बाँझो खेतमा जनमोर्चाको सामूहिक खेती,  भाडामा लिइएको ३३ रोपनी जमिन फलेको धान भित्र्याउने चटारो
Latest NewsJust now

गाउँको बाँझो खेतमा जनमोर्चाको सामूहिक खेती, भाडामा लिइएको ३३ रोपनी जमिन फलेको धान भित्र्याउने चटारो

बागलुङ । बसाइँसराइँले खेतबारी बाँझो रहने समस्या बढिरहेका बेला राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ । जैमिनी नगर समितिले श्रम शिविरका रूपमा जैमिनी नगरपालिका–५ बिनामारे चनौटेमा ३३ रोपनी... ...

रातोपाटी
बालश्रम विधेयकमाथिको छलफल : कानुन मात्रैले पुग्दैन, गरिबी र संरक्षणको पाटो सम्बोधन गर्नुपर्ने
Latest NewsJust now

बालश्रम विधेयकमाथिको छलफल : कानुन मात्रैले पुग्दैन, गरिबी र संरक्षणको पाटो सम्बोधन गर्नुपर्ने

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वाङ्गीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा प्रवेश गर्न दिनुपर्नेमा जोड दिएका छन् । बुधबार... ...

रातोपाटी
बजार नपाएपछि धनकुटाको राम्चेका चिया बगान झाडीमा परिणत
Latest NewsJust now

बजार नपाएपछि धनकुटाको राम्चेका चिया बगान झाडीमा परिणत

• धनकुटाका चिया किसानले उचित मूल्य र बजार नपाएपछि चिया टिप्न छोडेका छन्, जसले बगानको हेरचाहमा समस्या उत्पन्न गरेको छ। • चिया उद्योग बन्द हुँदा किसानको लगानी र मेहनत खेर गएको छ, र स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग गर्न नसकेको गुनासो गरिएको छ। • नगरपालिकाले उद्योग सञ्चालनका लागि बजेट अभावका कारण पहल गर्न नसकेको र किसानको समस्या समाधान गर्न ...

नेपालबहस
नागरिक लगानी कोषको अर्बौं रकम परिचालन गर्न स्पष्ट लगानी नीति आवश्यक : सांसदहरू
Latest NewsJust now

नागरिक लगानी कोषको अर्बौं रकम परिचालन गर्न स्पष्ट लगानी नीति आवश्यक : सांसदहरू

काठमाडौँ । नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रूपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरूले बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement