रुसमा सामसङका स्मार्टफोनहरूमा फाइभजी सुविधा उपलब्ध हुने

राष्ट्रिय सेवा प्रदायक ‘रोस्टेलिकम’ को सहायक कम्पनी रुसी मोबाइल सेवा प्रदायक ‘टी२’ (T2) ले सामसङका स्मार्टफोनहरूमा फाइभजी नेटवर्कको सुविधा उपलब्ध गराएको छ। सफ्टवेयर अपडेट गरेपछि प्रयोगकर्ताहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन्। ‘सामसङ ग्यालेक्सी ए२७’ यो अपडेट प्राप्त गर्ने पहिलो मोडल हो। साथै, सामसङका अन्य हालका स्मार्टफोन मोडलहरूमा पनि ‘टी२’ को ५जी नेटवर्क प्रयोग गर्न मिल्ने सुविधा विस्तार गरिनेछ। टी२को फाइभ नेटवर्क मस्को, सेन्ट पिटर्सबर्ग, येकातेरिनबर्ग, चेल्याबिन्स्क, पर्म, क्रास्नोयार्स्क र भोल्गोग्राड लगायत रुसका सात प्रमुख सहरहरूमा सञ्चालनमा आएको छ। The post रुसमा सामसङका स्मार्टफोनहरूमा फाइभजी सुविधा उपलब्ध हुने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५०... ...

आफ्ना सेवा र उपकरण बिक्री वृद्धि गर्न एआई बजारमा निर्भर हुँदै नोकिया
फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले तेस्रो त्रैमासिकमा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेको छ। तर, कम्पनीको आम्दानी वृद्धिको लगभग सबै हिस्सा दूरसञ्चार सेवा प्रदायकबाट नभई कृत्रिम बुद्धिमता (एआई) र क्लाउड सेवा ग्राहकबाट आएको छ। नोकियाको व्यवसाय अहिले मुख्यतः दुई ठूला क्षेत्रमा विभाजित छ : फिक्स्ड नेटवर्क र मोबाइल नेटवर्क उपकरण। आम्दानीका आधारमा मोबाइल नेटवर्क अझै पनि कम्पनीको सबैभन्दा ठूलो व्यवसाय हो। ...

सीसीक्यामरा लगायतको निगरानीमा शनिबार ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिए। यस्तै तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न ...


