Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
Photo / Coverage: नेपालन्युज

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न लागिएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले सुरुङ मार्ग निर्माणबाट प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए । “सुरुङ मार्ग निर्माणका क्रममा पूर्ण तथा आंशिक क्षति पुगेका घरहरूका साथै सुरुङ मार्ग निर्माणबाट प्रभावित अन्य घरधुरीको विवरण संकलन, क्षतिको अभिलेखीकरण तथा आवश्यक प्रक्रिया अघि बढाउने प्रयोजनका लागि निवेदन संकलन गर्न सुरु भएको छ”, उनले भने, “निवेदन संकलन पछि मूल्यांकन गरी सरकारको मापदण्ड र प्रक्रिया पूरा गरी नियमसङ्गत ढंगले क्षतिपूर्ति वितरण हुन्छ ।” आयोजनाले यसअघि सर्जसाफ्ट, प्रेसर साफ्ट र अडित नम्बर ३ को सुरुङ वरपर कम्पनका कारण बस्न नमिल्ने भएका करिब ३० घरपरिवारलाई अस्थायी टहरा बनाउनका लागि न्यूनतम रु एक लाख ७५ हजारदेखि अधिकतम रु तीन लाखसम्म वितरण गरेको थियो । प्रभावित लेखनाथ शर्माले आयोजना, जिल्ला प्रशासन र गाउँपालिका जिम्मेवारीबाट पन्छिन खोज्दा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताए। जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले स्थलगत निरीक्षणका क्रममा सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दाबढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो । रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले उक्त प्रतिवेदनप्रति अध्ययनमा सहभागी निकायकै जिम्मेवार व्यक्तिले अपनत्व नलिँदा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताए । भौतिक संरचना निर्माण सकिएको राहुघाट जलविद्युत् आयोजनाले गत असोज पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको छ । भारतीय आयात निर्यात (एक्जिम)बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी)प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग विसं २०६६ मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले २०७५ असारमा पहुँच मार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
Latest NewsJust now

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ । दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा... ...

रातोपाटी
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट्दै
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट्दै

काठमाण्डु – नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दैछन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीसँग भेटघाटपछि भारतीय विदेश सचिव मिस्री बिहीबार अपराह्न स्वदेश फर्किने छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा बुधबार बिहान नेपाल आएका उनले सरकारका विभिन्न […] ...

काठमाण्डुपाटी
तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंग
Latest NewsJust now

तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंग

बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ ।  सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन्... ...

नेपालखबर
हर्क साम्पाङको प्रश्न– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?'
Latest NewsJust now

हर्क साम्पाङको प्रश्न– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?'

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– 'आइजीपीको बर्खास्तीले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play