Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

रास्वपालक्षित ओलीको टीप्पणी- चुनाव लड्ने क्लब बनाएर पार्टी बन्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपालक्षित ओलीको टीप्पणी- चुनाव लड्ने क्लब बनाएर पार्टी बन्दैन
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने उद्देश्यले उम्मेदवारहरूको समूह बनाएर मात्रै राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गरेका छन् । उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह बनाउँदैमा पार्टी संगठन बलियो नहुने बताएका हुन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न संगठन निर्माण र परिचालनमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्नैपर्ने छ । हामीसँग लड्न आउनेहरु यो निर्वाचनमार्फत सङ्गठन बनाउन खोज्दैछन्, हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ,’ उनले भने ।

विभिन्न ठाउँका प्रभावशाली व्यक्तिलाई उम्मेदवारका रूपमा खोजेर चुनाव लड्ने समूह बनाउने प्रयास भइरहेको टिप्पणी गर्दै ओलीले त्यसले पार्टीको स्वरूप लिन नसक्ने बताए ।

‘विभिन्नतिरका विभिन्न व्यक्तिहरू यसो प्रभावकारी उम्मेदवार पाइन्छ कि भनेर खोजेर त्यस्ता उम्मेदवार बनाएर चुनाव लड्ने क्लब बनाएर हिड्या छन्, पार्टी त बन्दैन अहिले । त्यसकारण उनीहरु क्लव बनाएर चुनाव लड्ने गरी जाँदैछन्,’ ओलीले भने ।

उनले एमाले सशक्त संगठनसहित निर्वाचनमा होमिने दाबी गर्दै त्यसका लागि नेता तथा कार्यकर्तामा आत्मविश्वाससँगै सक्रियता र क्रियाशीलता आवश्यक रहेको बताए ।

‘एउटै मात्रै कुराको, हामीमा आत्मविश्वास र त्यो आत्मविश्वासलाई फलीभूत पार्नका लागि हामीसँग सक्रियताको आवश्यकता छ, क्रियाशीलताको आवश्यकता छ। चुनावसम्म हामी आराम गर्दैनौँ, केही महिना बाँकी छ । आरामको जिन्दगी होइन, परिश्रमको जिन्दगी, सक्रियताको जिन्दगी स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्दासम्म हाम्रो अभियान जारी रहनेछ र हामी त्यसरी अगाडि बढ्नेछौँ,’ उनले भने ।

ओलीले विगतमा निर्वाचन एमालेका लागि असहज भए पनि अहिले नेता तथा कार्यकर्तामा जित्ने आत्मविश्वास बढेको बताए । त्यसलाई परिणाममा बदल्न निरन्तर परिश्रम र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो । आगामी स्थानीय तहसहितका निर्वाचनलाई एमालेले जित्नैपर्ने लक्ष्यका रूपमा लिएको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माइनस ७ डिग्री तापक्रम, १४ हजार फिट उचाइमा सलमानको ३ टेक
OthersJust now

माइनस ७ डिग्री तापक्रम, १४ हजार फिट उचाइमा सलमानको ३ टेक

सलमान खानको आगामी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को छायांकन निकै कठिन परिस्थितिमा गरिएको थियो । फिल्मका निर्देशक अपूर्व लाखियाले हालै छायांकनका क्रममा भोग्नुपरेका कठिनाइबारे अनुभव सुनाएका छन् । सीमामा खटिएका सैनिकको वास्तविक संघर्ष पर्दामा उतार्न निर्माण पक्षले स्टुडियोमा कृत्रिम सेट बनाउनुको सट्टा १४ हजार फिट उचाइमा पुगेर वास्तविक स्थानमै छायांकन गरेको… ...

अनलाइन खबर
ओली आक्रोश- केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?
OthersJust now

ओली आक्रोश- केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उनले बताए । राणाशासन, पञ्चायती व्यवस्था र ...

पर्दाफास
‘भ्वाइस अफ नेपाल’को ब्याटल यसै सातादेखि प्रसारण, ४० प्रतिस्पर्धी नकआउटमा पुग्ने
OthersJust now

‘भ्वाइस अफ नेपाल’को ब्याटल यसै सातादेखि प्रसारण, ४० प्रतिस्पर्धी नकआउटमा पुग्ने

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को 'द ब्याटल्स' को प्रसारण यसै सातादेखि सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ जना प्रतिस्पर्धी अब एकअर्कासँग सांगीतिक भिडन्तमा उत्रिनेछन् । ब्याटलसँगै प्रतिस्पर्धीका लागि नकआउट चरणसम्म पुग्ने चुनौती पनि थपिनेछ । भनिहालौ, यो सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, एकदेव लिम्बु… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play