राष्ट्रिय सभाको भोटेकोशी एवम् कालीगण्डकी विपद अध्ययन विशेष समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ । विशेष समितिको सभापतिमा काँग्रेस सांसद कृष्णप्रसाद पौडेल निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ । प्रतिनिधि सभाले अलग्गै विशेष समिति बनाएपछि असोज १५ गते राष्ट्रिय सभाले पनि भोटेकोशी बाढीको अध्ययन गर्न विशेष समिति बनाएको थियो । नौ सदस्यीय समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मालगायतका सांसद रहेका छन् । समितिलाई पुस मसान्तसम्मको समय दिइएको छ भने प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्न सक्ने भनिएको छ । समितिलाई विपद्मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको अध्ययन, समीक्षा गर्ने कार्यादेश तोकिएको छ । The post राष्ट्रिय सभाको भोटेकोशी एवम् कालीगण्डकी विपद अध्ययन विशेष समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

चाडपर्वको मौसम बढ्यो कुराउनीको बिक्री
अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । चाडपर्वसँगै हेटौँडाको चुच्चेखोलामा कुराउनी (खुवा) को बिक्री पाँच गुणासम्म बढेको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा पर्ने चुच्चेखोलाका... ...

जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !
चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट खुलाउन माग गरेका छन्। सौराहामा भएको द्विपक्षीय भेटघाटमा व्यवसायीले जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै भू–उपयोग नीति स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा भएको भेटमा वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष ...

एनपीएल सिजन–३ प्रत्यक्ष डिसहोममा अतिरिक्त शुल्कविना एचडीमा हेर्न पाइने
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ। डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कविना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन्। खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ। सदस्... ...



