राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै दिनको साढे १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । The post राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


