Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’
Photo / Coverage: टेक्नोलोजी खबर

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ। आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गर्दै परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सरोकार भएकाहरूलाई नियमित रूपमा सार्वजनिक सेवा प्रवाह भइरहेको जनाएको हो। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ । तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो। विभागले गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको हकमा यस्तो समस्या देखिएको जनाएको छ। ‘अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम’ (स्वचालित रूपमा मानिसको विवरण प्रमाणीकरण गर्ने प्रणाली) को क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै विभागले आगामी दुई साताभित्र उक्त कार्य सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरेको छ। विभागले यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवाप्रदायक निकायलाई जानकारी गराउनुका साथै आवश्यक समन्वय गरिसकेको जनाएको छ। पछिल्लो समय राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन असहज भएको भन्दै सेवाग्राहीबाट गुनासो आउने गरेको थियो। यस्तो अवस्थालाई सम्बोधन गर्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएकाहरू सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने जनाएको छ। विभागले सम्बन्धित सबै निकायलाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न असहज हुने अवस्था हुन नदिन आग्रह गरेको छ। रासस The post ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै
TechnologyJust now

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।क्लबले आज पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो । क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिए ।उनका अनुसार ह्याकाथनमा ...

आइसिटी समाचार
विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
TechnologyJust now

विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताएका छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अवरुद्ध भएको दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले विपद्का बेला पाँच सेकेण्डअघि खबर पाउनेको जीवन बचेकाले दूरसञ्चार सेवालाई तयारी अवस्थामा राखिनुपर्नेमा जोड दिए। सबै सरोकार भएका सङ्घसंस्थाबीचको सहकार्य र समन्वयमा काम ...

टेक्नोलोजी खबर
इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी
TechnologyJust now

इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी

नेपाल दूरसञ्चार प्राधिकरणले १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने निर्णय गरेको बोर्ड बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना समेत उपस्थित भएको खुलासा भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले असोज २७ गते सार्वजनिक सूचना जारी गर्दै १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरिएको जानकारी दिएको थियो। उक्त निर्णयमा हरेकलाई ५० हजार रुपैयाँ जरिवानाका साथै स्वीकृत गरेको इन्टरनेटको गति र ...

टेक्नोलोजी खबर
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
TechnologyJust now

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

१६ कात्तिक, काठमाडौं। कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्। रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो। स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी […] The post केएमसीको सहयोगले ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play