Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताएका छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अवरुद्ध भएको दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले विपद्का बेला पाँच सेकेण्डअघि खबर पाउनेको जीवन बचेकाले दूरसञ्चार सेवालाई तयारी अवस्थामा राखिनुपर्नेमा जोड दिए। सबै सरोकार भएका सङ्घसंस्थाबीचको सहकार्य र समन्वयमा काम गरेकाले बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा सञ्चालन गर्न सकिएको उनले बताए। “विपद्का बेला टेलिकमका कर्मचारीले तोकिएभन्दा बढी काम गरेका छन्, जसका कारण बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा दिन सकियो । ऊर्जा मन्त्रालयले पनि युद्धस्तरमा काम गरेर ऊर्जाका संरचना बनायो, यसले पनि दूरसञ्चार सेवा पुनः सुरु गर्न सजिलो भएको हो”, मन्त्री तिमिल्सिनाले भने। नागरिकले टेलिकमबाट धेरै आशा गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी कम्पनीले जस्तै छिटो सेवा दिने क्रमलाई बढाउनुपर्ने बताए। एउटा कर्मचारीले बोल्ने शब्दले कम्पनीको प्रतिष्ठामा प्रभाव पार्ने भएकाले यसतर्फ सचेत हुन पनि उनले निर्देशन दिए। प्रविधिले फड्को मारेको अहिलेको युगमा टेलिकममा सकारात्मक परिवर्तन देख्न खोजेको पनि मन्त्री तिमिल्सिनाले बताए। बलियो, सबल र जनमुखी टेलिकम भए सबैको हित प्रवर्द्धन हुने भएकाले त्यस अनुरुप काम गर्नुपर्नेमा पनि उनले जोड दिए। संस्थाको सुशासन, सबलीकरणमा काम गरेर अर्कोपटक सयौँ कर्मचारीलाई सम्मान गर्न पाइने मन्त्री तिमिल्सिनाले विश्वास व्यक्त गरे। टेलिकमलाई नागरिकको हितमा काम गर्ने कम्पनीका रुपमा विकास गर्न पनि उनले निर्देशन दिए। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले यसअघि प्रत्येक वर्ष उत्कृृष्ट काम गर्ने कर्मचारीलाई वार्षिकोत्सवका बेला सम्मान गर्ने गरिएकामा भोटेकोशी बाढीपछि छिटो सेवा दिन योगदान गर्नेलाई यसपटक सम्मान गरिएको बताइन्। मन्त्रालयका सचिव एवं टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिकम वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी, सम्मानित मध्येबाट इञ्जिनीयर निशान्त नेपाललगायतले विपद्का बेला अवरुद्ध भएको सेवालाई सञ्चालन गर्दाका अनुभव सुनाएका थिए। त्यसअघि मन्त्री तिमिल्सिनाले बबरमहलमा नवनिर्मित हुलाक प्रशिक्षण केन्द्र भवनको निरीक्षण पनि गरेका थिए। हुलाक सेवा विभागका महानिर्देशक र केन्द्रका कार्यालय प्रमुखले उनलाई नवनिर्मित भवनका बारेमा जानकारी गराएका थिए। रासस The post विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री तिमिल्सिना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी
TechnologyJust now

इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाहीको निर्णय गर्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकमा सञ्चारमन्त्री उपस्थित भएको दाबी

नेपाल दूरसञ्चार प्राधिकरणले १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने निर्णय गरेको बोर्ड बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना समेत उपस्थित भएको खुलासा भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले असोज २७ गते सार्वजनिक सूचना जारी गर्दै १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरिएको जानकारी दिएको थियो। उक्त निर्णयमा हरेकलाई ५० हजार रुपैयाँ जरिवानाका साथै स्वीकृत गरेको इन्टरनेटको गति र ...

टेक्नोलोजी खबर
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
TechnologyJust now

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

१६ कात्तिक, काठमाडौं। कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्। रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो। स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी […] The post केएमसीको सहयोगले ...

आइसिटी फ्रेम
एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन
TechnologyJust now

एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन

एन्थ्रोपिकले अब आफ्नो एआई सेवा क्लोड प्रयोगकर्तालाई आफूलाई मनपर्ने विद्यमान भिडियो गेमको नक्कल बनाउन अनुमति नदिने भएको छ। एक्सका एक प्रयोगकर्ताले पहिलो पटक पत्ता लगाएअनुसार एन्थ्रोपिकले क्लोडको कोडमा नयाँ निर्देशन थपेको छ। नयाँ निर्देशनमा भनिएको छ, “मौलिक गेम, कुनै विधामा आधारित गेम तथा प्रयोगकर्ताकै डिजाइन र सामग्री प्रयोग गरेर गेम बनाउन सकिन्छ। तर नाम परिवर्तन गरेर वा मौलिक गेम भन्दैमा पनि ...

टेक्नोलोजी खबर
जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब
TechnologyJust now

जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब

काठमाडौं । दैनिक प्रयोग हुने जीमेलमा विभिन्न व्यक्ति, संस्था तथा अनलाइन प्लेटफर्मबाट ईमेल प्राप्त हुनु सामान्य हो । आवश्यक जानकारीसँगै कतिपय अवस्थामा विज्ञापन, प्रमोसन तथा अन्य अनावश्यक सन्देशले इनबक्स भरिने गर्छन् । यस्ता ईमेलले महत्वपूर्ण सन्देश छुट्ने र इनबक्स व्यवस्थापन गर्नसमेत झन्झट हुने गर्छ । तर, जीमेलमा उपलब्ध केही सुविधाको प्रयोग गरेर यस्ता अनावश्यक ईमेलबाट छुटकारा पाउन सकिन्छ ।जीमेलले कुनै ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play