राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने

अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले काठमाडौं उपत्यकामै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। नागरिकता हराएमा, आगलागी वा पानीले भिजेर नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा यो व्यवस्था लागू हुनेछ। गृह मन्त्रालयको कार्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा दिन तीन जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ। काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको नागरिकता प्रमाणपत्रमा रहेको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको विवरणसँग भिडेमा प्रतिलिपि जारी गरिनेछ। तर अभिलेख नभेटिएमा वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याउनुपर्ने भएमा सम्बन्धित नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्नुपर्नेछ। त्यस्तै पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता प्रमाणपत्रका हकमा पनि प्रतिलिपिका लागि नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। The post राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ। डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज ...

केडीडीआईले जापानमा ड्रोन डेलिभरी सेवा सुरु गर्न अल्फाबेटको विङ्गसँग साझेदारी
केडीडीआईले सन् २०२७ मा ड्रोन डेलिभरी सेवा सुरु गर्न अल्फाबेटको विङ्गसँग साझेदारी गरेको छ। केडीडीआईको सहायक कम्पनी केडीडीआई स्मार्टड्रोन र अल्फाबेटको स्वामित्वमा रहेको विङ्ग एभिएसन (Wing Aviation) ले जापानमा व्यावसायिक ड्रोन डेलिभरी सेवा सुरु गर्न रणनीतिक साझेदारी गरेका छन्। यसअन्तर्गत सन् २०२७ मा केही छानिएका क्षेत्रहरूबाट सेवाको सुरुवात गर्ने लक्ष्य राखिएको छ। यी कम्पनीहरूले खाद्यान्न, दैनिक घरायसी सामान र अन्य साना खुद्रा सामग्रीहरू—जसमा ...

नेटफ्लिक्स र होइचोईले भारतभर बंगाली सामग्रीहरू हिन्दी, तमिल र तेलुगु भाषामा स्ट्रिम गर्ने
बंगाली भाषाको स्ट्रिमिङ प्लेटफर्म तथा कन्टेन्ट स्टुडियो ‘होइचोई’ र नेटफ्लिक्सले भारतभर होइचोईका सामग्रीहरूको वितरण विस्तार गर्न सहमति जनाएका छन्। सम्झौताका सर्तहरू अनुसार, आगामी दुई वर्षभित्र सार्वजनिक हुने होइचोईका सबै शृङ्खलाहरू होइचोईमा बंगाली भाषामा उपलब्ध हुनुका साथै, नेटफ्लिक्समा हिन्दी, तमिल र तेलुगु भाषामा विशेष रूपमा उपलब्ध हुनेछन्। अक्टोबर २२, २०२६ मा घोषणा गरिएको, आफ्नै किसिमको यो पहिलो बहु-वर्षीय सहकार्यको उद्देश्य लोकप्रिय बंगाली कथाहरूलाई ...

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्याएका छन्। रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ। आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्। अवरोधका कारण ...


