राजेश हमाल भन्छन्- भारतमा अर्थमन्त्रीको अभिव्यक्ति जिम्मेवारीको सीमाभन्दा बाहिर

काठमाडौं । महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वाधीनता, सम्मान र सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्। हमालले मन्त्रीले आफ्नो जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको लामो समयदेखि कायम रहेको सन्तुलित परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने बताएका छन् । उनले यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमामा आँच पुर्याउनुका साथै नेपाल–भारत सम्बन्धको महत्त्वलाई समेत कमजोर बनाउने टिप्पणी गरेका छन् । नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध सुदृढ गर्ने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन् । तर, त्यसका लागि देशका प्रतिनिधिले कूटनीतिक विवेक अपनाउँदै नेपालको राष्ट्रिय अडानलाई सम्मानजनक र सन्तुलित ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण भएकाले व्यक्तिगत तुष्टीकरणका संकेत वा सार्वजनिक उपहासको विषय बन्ने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन् । दुई देशबीचका अनसुल्झिएका सीमा समस्या र आर्थिक निर्भरताजस्ता विषयलाई ध्यानमा राख्दै सरकारले कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादमार्फत आफ्नो धारणा स्पष्ट रूपमा राख्नुपर्ने उनले उल्लेख गरेका छन् । ‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्, यी एकअर्काका पूरक जिम्मेवारी हुन्,’ हमालले भनेका छन् । नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचान र राष्ट्रिय हितप्रति स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने उनको धारणा छ । The post राजेश हमाल भन्छन्- भारतमा अर्थमन्त्रीको अभिव्यक्ति जिम्मेवारीको सीमाभन्दा बाहिर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
.jpeg)
तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै
६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ । ...

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक
जलविद्युत् आयोजनाको डिजाइनदेखि अन्य नदी करिडोरमा आउने विपत्तिबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत वैज्ञानिक र प्राविधिक समिति गठन गरिएको छ । ...

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र... ...


