Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राजनीतिको रापमा रापियो सबै क्षेत्र

राजनीतिको रापमा रापियो सबै क्षेत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजनीतिको रापमा रापियो सबै क्षेत्र

प्रशासनमा आउने परिवर्तनले कुनै पनि राज्यको पहिचानलाई सुरक्षित राखेको हुन्छ । हाम्रो देशमा राजनीतिले जहिले पनि प्रशासनमा आफ्नो कब्जा गरेको तथ्यलाई अस्वीकार गर्न मिल्दैन । प्रशासनमा कार्यरत कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप भएकै कारण कतिपय अवस्थामा स्थायी सरकार पनि कमजोर बनेको हुन्छ । यस किसिमका राजनीति हर्कतले स्थायी मानिने कर्मचारी तन्त्रमा आफ्नो पकड बनाउने अभिलाषामा राजनीतिककर्मी सदा रहने गरेका हुन्छन् । यो राजनीतिमा देखापरेको अस्वस्थ अवस्था हो भन्न सकिने आधारहरू भेटिने गरेको देखिन्छ । राजनीतिले कहिल्यै पनि स्थायी मानिने कर्मचारीतन्त्रमा हस्तक्षेप नगर्ने हो भने देशको प्रशासन संयन्त्र गतिलो तरिकाले चल्नसक्ने अवस्था आउने थियो । त्यसो हुनसकेन हाम्रो जस्तो मुलुकमा किन होला ? राजनीतिक परिवर्तनले पनि यो अवस्थामा न्यूनीकरण ल्याउन सकेन । हस्तक्षेपले थिलोथिलो भयो कर्मचारी संयन्त्र र त्यसका आधारस्तम्भ । को कुरा गछौं । राजनीतिक दलका कार्यकर्ता न्यायाधीश बनाउँछौं । नेपालका विश्वविद्यालय स्वायत्त छन् भन्छौं आफ्नो समर्थकलाई पदाधिकारी बनाएर पठाउँछौं । स्वच्छ छवि भएको वा कुनै दलको सदस्यता नलिएको व्यक्ति वा चाकरीमा लम्पसार नभएको व्यक्ति पाउन मुस्किल भयो यो देशलाई । राजनीतिको यो विकराल अवस्थाका कारण आज देशका हरेक क्षेत्र हस्तक्षेपले ग्रस्त देखापरेका छन् । कर्मचारी जहिले पनि प्रतिष्पर्धाबाट आएको हुन्छ । उसले अनेकप्रकारका परीक्षा पास गरेर आफूलाई कार्यक्षेत्रमा उतारेको हुन्छ । कार्यक्षेत्रमा प्रवेश नपाउँदै यो त फलानो समर्थक र फलानाको विरोधी भनेर मोहर लगाउने गरिन्छ । सरुवादेखि बढुवासम्म यही अवस्थामा नेपालको कर्मचारीतन्त्र देखापरेको हुन्छ । आफूले गरेको परिश्रमलाई बिर्सेर कर्मचारी पनि मन्त्रीको सेवाटहलमा लागिपरेको हुन्छ । देशको प्रशासन स्वच्छ, निष्पक्ष हुन नपाउँदै त्यो कर्मचारी सेवानिवृत्त भइसकेको देखिन्छ । यो अवस्था किन सिर्जना भयो भन्नेमा छलफल र बहस हुँदैन हाम्रो देशमा । राजनीतिक हस्तक्षेप किन ?गणतन्त्रको आगमनसँगै नेपालको प्रशासन कमजोर बनेर देखापरेको पाइन्छ । कमजोरी कहाँ, कसरी, किन भयो भन्ने सन्दर्भ भने फरक होला । राज्य संयन्त्रले जहिले पनि कर्मचारीमाथि नै आक्रोश व्यक्त गरेको देखियो । कर्मचारीले सहयोग गरेनन् । कर्मचारीले मानेनन् । कर्मचारीबाट आफू कमजोर भइयो । गर्न खोजेको हो तर कर्मचारीबाट पाउने सहयोग पाउन सकिएन जस्ता कुराहरू मन्त्री छोडेर जानेबाट आउने गरेका छन् । के साँच्ची कर्मचारी नै दोषी हुन् त ? सबै संयन्त्रलाई बिगार्ने सन्दर्भमा । कर्मचारीले जहिले पनि कानुनका मातहतमा आफूलाई राखेको हुन्छ । कानुनभन्दा बाहिर गएर उसले निर्णय गर्न सक्दैन र मिल्दैन पनि तर राजनीतिकर्मी भने कानुनभन्दा माथि रहेर हामीले नै देशको चोतर्फी विकास गर्ने हो भन्ने अडानमा रहेको हुन्छ । यहीँबाट असमझदारी उत्पन्न हुन्छ र चिसिन थाल्छ सम्बन्धको पहिचान । सुरु हुन्छ तिक्तता र त्यसले निम्त्याएको कठिन परिस्थिति । नेपालका सबै क्षेत्र राजनीतिक हस्तक्षेपले ग्रसित छन् । कुनै पनि क्षेत्रका व्यक्तिले विवेकले काम गर्नसक्ने अवस्था देखिँदैन । सबै क्षेत्रमा देखापरेको यो हस्तक्षेपले आमनेपालीको जीवनयापनमा कठिनाइ सिर्जना गरेको पाइन्छ । हामी स्वतन्त्र न्यायपालिकाको कुरा गछौं । राजनीतिक दलका कार्यकर्ता न्यायाधीश बनाउँछौं । नेपालका विश्वविद्यालय स्वायत्त छन् भन्छौं आफ्नो समर्थकलाई पदाधिकारी बनाएर पठाउँछौं । स्वच्छ छवि भएको वा कुनै दलको सदस्यता नलिएको व्यक्ति वा चाकरीमा लम्पसार नभएको व्यक्ति पाउन मुस्किल भयो यो देशलाई । राजनीतिको यो विकराल अवस्थाका कारण आज देशका हरेक क्षेत्र हस्तक्षेपले ग्रस्त देखापरेका छन् । सुधार आवश्यक छ । सुधार कसरी गर्ने भन्ने सोच पनि होला ? तर सुधारका संकेत कम र बिगार्ने अवस्थाको चित्र बढी देखिन थालेको पाईन्छ । राजनीतिकर्मी आफैमा प्रशासक होइन । ऊ त नेता हो । जनतासित निर्वाचनमा वाचा गरेर आएको व्यक्ति । उसलाई कानुनका बारेमा जनाकारी नहुन सक्ला । कानुनले के कुरालाई स्वीकार गर्छ वा गर्दैन भन्नसक्ला । ऊ कानुन बनाउने ठाउँमा भए पनि कानुनभन्दा माथि भने छैन । कानुन कर्मचारीले मान्नुपर्ने राजनीतिक व्यक्तिले मान्नु नपर्ने कस्तो लाचारी हो । यहीँ लाचार छ कर्मचारी संयन्त्र । यो लाचारीले देशलाई कहिले पनि माथि उठ्न दिँदैन । देशका हरेक क्षेत्रमा गरिएको यो हस्तक्षेपले प्रशासन संयन्त्रलाई कमजोर बनाएको देखिन्छ । सरकार आउँछ, जान्छ । निर्वाचनपछि कुन राजनीतिक दलको सरकार बन्ने हो थाहा हुँदैन । देशको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारका हरेक कदममा कर्मचारी सहयोगी नै हुन्छ । सहयोगी कर्मचारी र देशको स्थायी प्रशासनप्रति हस्तक्षेपको झटारो किन ? काम गर्न देऊ । कामलाई प्राथमिकतामा राख । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको पहिचान बनाउन सिक । हस्तक्षेपले कहिले पनि देशको अवस्थामा सुधार हुँदैन । देशमा कायापलट पनि हुँदैन । वर्तमान सरकार पनि उस्तैविद्रोह गरी वैधानिक सरकारलाई अपदस्त गरेर निर्वाचनमा जनताको जनमतबाट बनेको सरकार हो वर्तमान सरकार । सरकार गठन भएसँगै जनताका आशा प्रशस्त थिए । आशाका किरण देखेका जनतालाई सरकारले खासै केही दिन सकेको भने देखिएन । सरकार रफ्तारमा छ भनौं भने बामे सरेको मात्र छ । विकासले फड्को मार्‍यो भन्ने हो भने विकास पनि भएको देखिँदैन । जनताका हरेक आवश्यकता पूरा गरेको छ भन्ने हो भने जनताको जीवनस्तर कमजोर बनेको देखियो । स्वदेशमा रोजगारी सिर्जना भयो भन्ने आधार पनि छैन । दिनदिनै विदेश जानेको लर्को कम भएको छैन । सत्तारुढ दलका सांसद संसद् भवनमा पनि बोल्दैनन् । बाहिर बोल्ने त कुरै भएन । जो अलि बढी बोल्छन् तिनै सामाजिक सञ्जालमा कमजोर बनेर उभिएका छन् । हो एउटा विकास भने भएको छ । सामाजिक सञ्जालमा अरूले गरेका कामलाई पनि बालेन सरकारले गरेको हो भन्ने चर्चा भने चुलिएको छ । के गरिरहेको छ सरकारभन्दा रुमलिएको छ सकसको भुंग्रोमा । जताततै सकस छ । कर्मचारीमा आमूल परिवर्तन गर्छु भन्ने अठोट । अदालतका न्यायाधीशको विचौलियासितको सम्बन्ध, प्रहरी प्रमुखलाई हटाउने उपायको खोजी । वर्तमान सरकार शक्तिशाली छ । उसले चाहेमा देशको हरेक क्षेत्रमा सुधार गर्नसक्छ । केही गरेको पनि देखिँदैन । प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन, भेला, राजनीतिक सभामा जाँदैनन् । काम गर्न र देश बनाउने हुट्हुटीमा छन् जस्तो लाग्छ तर केही भएको पनि देखिँदैन । सत्तारुढ दलका सांसद त संसद् भवनमा पनि बोल्दैनन् । बाहिर बोल्ने त कुरै भएन । जो अलि बढी बोल्छन् तिनै सामाजिक सञ्जालमा कमजोर बनेर उभिएका छन् । हो एउटा विकास भने भएको छ । सामाजिक सञ्जालमा अरूले गरेका कामलाई पनि बालेन सरकारले गरेको हो भन्ने चर्चा भने चुलिएको छ । सरकार समर्थितले पैँतीस वर्षको फोहर यति छिटो कसरी सफा हुन्छ भन्छन् । सरकारका विरुद्ध कसैले केही भन्यो भने आगो ओकल्छन् सामाजिक सञ्जालमार्फत । यो भने विकास भएको छ वर्तमान सरकारका पालामा । सामाजिक सञ्जालले नै वर्तमान सरकारको भविष्य निर्धारण गरेको हो कि जस्तो देखिन थालेको पाइन्छ । समय छ । अझ बाँकी छ समय । वर्तमान प्रधानमन्त्री त सिंहदरबारबाट देश हाँक्ने व्यक्ति हुन् । आज आएर उनले पनि देश चलाउन सहज रहेनछ भन्ने महसुस गर्न थाले कि जस्तो छ ? मन्त्रीहरू पनि कम बोल्छन् । बोल्नासाथ विवादको कठघरामा तानिन थाल्छन् । किन होला यस्तो । राजनीति अनुभवबाट हुने हो । अनुभव नभएको व्यक्ति वा पार्टी राजनीतिमा कहिले पनि सफल हुनसक्दैन । २०८२ सालको विद्रोहले जसरी बाटो खुला गरेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यो अवस्था सधै रहन सक्ने पनि देखिँदैन । पुराना दल सुधारको बाटोमा छन् । उनीहरूसित विचार छ । राजनीतिक दर्शन छ । पूर्वजले देखाएको बाटो पनि छ । सरकारवादी पार्टीसित त केही छ जस्तो लाग्दैन । नभएको होइन छ । वर्तमान प्रधानमन्त्री बालेन साह छन् । उक्त पार्टीका सभापति रवि लामिछाने । अरूको त उक्त पार्टीमा केही गणना भएजस्तो पनि लाग्दैन । जनता रोजगार चाहन्छन् । सुलभ तरिकाले प्राप्त हुने शिक्षा चाहन्छन् । बिरामी परेको अवस्थामा स्वास्थ सेवा चाहन्छन् । आमाबुबा छोरो देशमा रहोस् भन्ने चाहन्छन् । देशको विकासलाई प्राथमिकतामा राख्ने आधार चाहन्छन् । लगभग सात महिनाको अवस्थामा पनि केही सुधारका संकेत जनताले पाएका छन् र ! उपलब्धि त खासै भएको पाइँदैन । समय छ । सुधार होला । केही समय कुर्नुपर्ने पनि हुन्छ । विगतको फोहरलाई हटाउन समय लाग्ने हुन्छ । सरकारका कार्यकर्ता त्यही भन्छन् । देशको विकासमा नयाँ आयाम जोडिन समय कुर्नु सिवाय हामीसित के नै उपाय छ र ! राजनीतिक परिवर्तनले मात्र देशको विकास हुन्छ भन्ने होइन । देशको विकासका लागि सोच र भावनामा परिवर्तन आवश्यक छ । देशवासीको जीवनस्तर उकास्न लक्ष्यप्रति अर्जुनदृष्टि आवश्यक छ । सुधार हुनु आवश्यक छ । नेपालीको जीवनस्तर उठ्न आवश्यक छ । राहदानी बनाएर प्रवेशआज्ञा पाउने युवालाई देशमा रोजगारी दिन आवश्यक छ । मानिसमा भाइचाराको सम्बन्ध विकास गर्न अवाश्यक छ । एकअर्काप्रति विश्वासको वातावरण दिन आवश्यक छ । राजनीतिमा हस्तक्षेपले केही गर्दैन । सुधार हाम्रो सोच र भावनामा हुनुपर्दछ । वर्तमान सरकारले विकासलाई प्राथमिकतामा राखोस् । नेपालीको जीवनस्तरमा सुधार ल्याउन सकोस् । आफूले गरेका कामलाई पुष्टि गर्ने आधार दिन सकोस् । यही हो आशा, भरोसा र विश्वास पनि । पुरानाले केही गरेनन् भन्नेमात्र होइन हामीले यो गर्‍यौं भन्ने सोचको विकास होस् भन्ने शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
ताजा खबरJust now

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए

काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

रातोपाटी
खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
ताजा खबरJust now

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

रातोपाटी
एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
ताजा खबरJust now

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

केन्द्रबिन्दु
‘अब आफ्नै जग्गाको मालिक भयौँ’
ताजा खबरJust now

‘अब आफ्नै जग्गाको मालिक भयौँ’

सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play