रवि लामिछानेलाई रक्षा बमको सुझाव– अब पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ

काठमाडौं । जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अब पार्टीले सुशासनको नारा लगाउन छाड्न सुझाव दिनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले सञ्चारमाध्यममाथि भइरहेका गतिविधि तथा पत्रकारमाथि प्रहरीले गरेको भनिएको दुर्व्यवहारप्रति आपत्ति जनाउनुभएको हो । ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने,’ उहाँले लेख्नुभएको छ । पत्रकारमाथि प्रहरीबाट भएको भनिएको घटनाबारे सरकारलाई नै जानकारी नभएको भन्ने अभिव्यक्तिप्रति पनि उहाँले प्रश्न उठाउनुभएको छ । ‘सरकारलाई थाहा छैन भने कसलाई थाहा हुन्छ, ओलीलाई कि लेखकलाई ?’ उहाँले प्रश्न गर्नुभएको छ । बमले सुरक्षा निकायबीच समन्वयको अभाव रहेको टिप्पणी गर्दै राज्यका विभिन्न संयन्त्रबीच विश्वास र सहकार्य हुनुपर्नेमा शक्ति संघर्ष देखिएको बताउनुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...
झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ । नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी ... ...

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग... ...

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव
बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन... ...

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...


