काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । टस बिहान १० बजे हुनेछ । दुवै टोलीले प्रतियोगिताको सुरुआत जितबाट गरेका छन् । भारतले पहिलो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानले यूएईलाई ९ विकेटले हराएको थियो । भारतका लागि पूर्वक्रिकेटर वीरेन्द्र सेहवागका छोरा आर्यवीर सेहवाग मुख्य आकर्षणमा रहनेछन् । उनले नेपालविरुद्ध अविजित ७० रन बनाएका थिए । उनले ५२ बलमा उक्त रन जोडेका थिए । यता, पाकिस्तानका उस्मान खानले पनि पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले यूएईविरुद्ध १२० बलमा अविजित १३९ रन बनाएका थिए । दुवै खेलाडी पहिलो खेलमा आफ्नो टोलीका सर्वाधिक रनकर्ता हुन् ।
यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






