यूट्युब म्युजिकमा एआईबाट बनेका गीत पहिचान गर्न नयाँ लेबल दिइने

यूट्युब म्युजिकले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका गीत पहिचान गर्न नयाँ लेबल थपेको छ। अब एआईबाट पूर्ण रूपमा तयार पारिएका वा गीतका मुख्य अंश, जस्तै स्वर सिर्जना गर्न एआई प्रयोग गरिएका ट्र्याकमा ‘एआई’ लेखिएको लेबल देखिनेछ। इन्ग्याजेटका अनुसार गीतको नाममुनि राखिने यो लेबलले एआई प्रयोग भएको गीत छुट्याउन प्रयोगकर्तालाई सजिलो बनाउनेछ। यूट्युबका अनुसार गीत निर्माणमा एआईको महत्त्वपूर्ण भूमिका रहेको अवस्थामा यस्तो लेबल देखाइनेछ। लेबलमा थिच्दा गीत बनाउन एआई कसरी प्रयोग गरिएको थियो भन्ने जानकारी देखिनेछ। यसले प्रयोगकर्तालाई गीतको निर्माण प्रक्रियाबारे बुझ्न र आफूले सुन्न चाहेको गीत छनोट गर्न सहयोग गर्नेछ। यूट्युबले आफ्नो मुख्य भिडियो प्लेटफर्ममा पनि एआईबाट बनाइएका सामग्री पहिचान गर्न यस्तै लेबल प्रयोग गर्दै आएको छ। अब यूट्युब म्युजिकमा ल्याइएको यो सुविधा नियमित यूट्युब एपको भिडियो प्लेयरमा पनि उपलब्ध गराउने कम्पनीको योजना छ। यूट्युबमा धेरै सङ्ख्यामा म्युजिक भिडियो र संगीतसम्बन्धी सामग्री उपलब्ध छन्। एआईबाट बनाइएका सामग्री पहिचान गर्ने प्रयास गर्ने यूट्युब एक्लो प्लेटफर्म भने होइन। स्पोटिफाइले नक्कली कलाकार पहिचान गर्न लेबल प्रयोग गर्न थालेको छ भने डिजरले एआईबाट सिर्जना गरिएका सामग्री छानेर हटाउन सकिने प्रणाली लागू गरिरहेको छ। The post यूट्युब म्युजिकमा एआईबाट बनेका गीत पहिचान गर्न नयाँ लेबल दिइने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?
काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कको कम्पनी टेस्लाले नयाँ इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ सार्वजनिक गर्दै यसमा उड्न सक्ने प्रविधि समावेश गरिएको दाबी गरेको छ । टेक्ससस्थित स्पेसएक्सको परिसरमा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको कारलाई कम्पनीले भविष्यको यातायात प्रविधिका रूपमा प्रस्तुत गरेको हो ।सार्वजनिक गरिएको डेमोमा कारले र्याम्पबाट उफ्रिएर हावामा उडेको र विशेष थ्रस्टरको सहायताले जमिनमा अवतरण गरेको देखाइएको छ । यो ...

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ ।नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुन:स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा ...

जिली होल्डिङले सन् २०२७ को उत्तरार्धदेखि विदेशमा बिक्री हुने मोडलहरूमा गुगल सर्भिसेज उपलब्ध गराउने
जिली होल्डिङ ग्रुपले गुगलसँग विश्वव्यापी रणनीतिक साझेदारी गरेको छ। यस सम्झौता अन्तर्गतको पहिलो मोडल सन् २०२७ को उत्तरार्धमा सार्वजनिक गर्ने योजना छ। शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा उक्त समूहले जनाए अनुसार, डिजिटल ककपिटको क्षमता विस्तार गर्नका लागि आफ्ना विभिन्न मोडलहरूमा ‘गुगल अटोमोटिभ सर्भिसेस’ समावेश गरिनेछ। पहिलो मोडल चीन र अमेरिका बाहिरका बजारहरूका लागि लक्षित रहेको छ। यद्यपि, यसको बजार प्रवेश भने उत्पादन ...


