Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच

Share:WhatsAppFacebookX (Twitter)Telegram
यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच
Photo / Coverage: नेपालन्युज

काठमाडौं। एसिया कप राइजिङ स्टार्समा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच घोषित भएका छन्। कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। सन्दीपले आफ्नो १० ओभरको बलिङ स्पेलमा ३ मेडन ओभर राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। उनको किफायती १.१० इकोनोमीले यूएईको ब्याटिङ लाइनअपलाई दबाबमा राखेको थियो। उनले हरप्रीत सिंह, आफताब आलम र इथान डिसुजालाई आउट गरेका थिए। सन्दीपको बलिङले यूएईलाई ठूलो योगफल बनाउनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। हरप्रीत सिंहले ३२, आफताब आलमले ४ र इथान डिसुजाले ६ रन बनाएका थिए। सन्दीपले विकेट लिनुका साथै विपक्षी ब्याटरहरूलाई रन बनाउनबाट पनि रोकेका थिए। नेपालको जितमा सन्दीपको बलिङका साथै कुशल भुर्तेलको अर्धशतक पनि निर्णायक रह्यो। भुर्तेलले ५७ रनको योगदान दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?
Latest NewsJust now

कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?

काठमाडौं । जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए […] ...

लोकपथ
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
Latest NewsJust now

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौँ, मङ्सिर ६ गते । सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने... ...

गोरखापत्र
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ।  नयाँ दिल्लीस्थित होटल ताज महलमा शाह र जयशंकरबीच भेटवार्ता भएको हो। वार्तामा दुवै देशको प्रतिनिधिमण्डल पनि सहभागी रहेको छ।  प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर होटल ताल महल पुगेका हुन्। प्रधानमन्त्री शाह यही होटलमा बसेका छन्।&nbsp... ...

नेपालखबर
प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सकियो
Latest NewsJust now

प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सकियो

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरबिचको भेटवार्ता सकिएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबिच भेटवार्ता भएको हो । भेटका क्रममा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement