Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

Share:WhatsAppFacebookX (Twitter)Telegram
युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट
Photo / Coverage: पर्दाफास

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना गर्ने उद्यमी बनाउन अभियान सुरु गरिएको बताइन् । उनका अनुसार युवामा नयाँ सोच र सीप भए पनि लगानी, मार्गदर्शन र बजारको पहुँच नहुँदा धेरै व्यावसायिक सम्भावना सुरुमै हराउने गरेका छन् । उनले व्यवसाय दर्ता प्रक्रिया सरल बनाउन, स्टार्टअप कर्जा सहज बनाउन र राम्रो व्यावसायिक योजना भएका तर धितो नभएका युवालाई वित्तीय पहुँच उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदान र सरकारी सहयोगलाई उत्पादन तथा रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरले तालिम, सिड मनी र व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले स्टार्टअपमा वित्तीय पहुँच र व्यावसायिक योजनाको महत्वबारे धारणा राखेका थिए । समिटले सातै प्रदेशबाट चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन गर्ने योजना बनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेश सरकारबाट बाहिरिँदै नेकपा, मन्त्रीहरू राजीनामा बुझाउन जाँदै
OthersJust now

मधेश सरकारबाट बाहिरिँदै नेकपा, मन्त्रीहरू राजीनामा बुझाउन जाँदै

अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् । ...

अनलाइन खबर
‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन’
OthersJust now

‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन’

जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ। ...

अनलाइन खबर
डेभिड मिलरको अर्धशतक
OthersJust now

डेभिड मिलरको अर्धशतक

२० कात्तिक, काठमाडौं । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । दक्षिण अप्रिकाका आक्रमक ब्याटर मिलरले यही खेलबाट एनपीएलमा डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै ३८ बल खेल्दै ५ चौका र १ छक्का मदतमा ५० रन बनाएका हुन् । ...

अनलाइन खबर
चीनमा यू-१९ महिला क्रिकेट टिमको तेस्रो जित
OthersJust now

चीनमा यू-१९ महिला क्रिकेट टिमको तेस्रो जित

२० कात्तिक, काठमाडौं । कप्तान सोनी पाख्रिनले अलराउण्ड प्रदर्शन गरेपछि नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा तेस्रो जित हात पारेको छ । नेपालले शुक्रबार भएको खेलमा थाइल्यान्डलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play