नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.०८ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको शेयर ६.४० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको २१ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने स्वेत गंगा हाइड्रोको १२ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

Read Complete Original Article
Published originally on पर्दाफास






