काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चितवन राइनोजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिले बलिङ गर्ने भएको छ । टस जितेको पोखराले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको हो । यस खेलमा पोखरा एभेन्जर्सले कप्तानीमा परिवर्तन गरेको छ । नियमित कप्तान कुशल भुर्तेल प्लेइङ–११ मा रहे पनि कप्तानीको जिम्मेवारी श्रीलंकाका खेलाडी सदीरा समरविक्रमालाई दिइएको छ । यता चितवन राइनोजका नियमित कप्तान कुशल मल्ल पनि आज पहिलोपटक एनपीएलको तेस्रो संस्करणमा खेल्दैछन् । तर, टोलीको कप्तानी भने सिकन्दर राजाले नै गर्नेछन् ।
टस जितेको पोखराले रोज्यो बलिङ, सदीरा बने कप्तान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






