Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनी
Photo / Coverage: टक्सार

काठमाडौं । सरकारले आव २०८१ ८२ मा सबैभन्दा धेरै कर तिर्ने १९ व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा क्षेत्रगत रूपमा अगाडि रहेका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको हो । सर्वाधिक कर तिर्ने व्यक्ति तथा कम्पनीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गरेका हुन्। निकायहरूमध्ये सबैभन्दा बढी सूर्य नेपालले कर तिरेको छ भने एकलौटी फर्महरूमध्ये थर्ड आइ इन्टरनेसनल रहेको छ । यस्तै, वस्तु निर्यात गर्नेमध्ये डाबर नेपाल, आईटी निर्यात गर्नेमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल, कृषि तथा पशुपन्छीजन्य उद्योगमध्ये ओसीबी फुड्स एन्ड फिड, बैंकिङ कारोबार गर्नेमध्ये नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानीत भएको हो । पर्यटन व्यवसाय गर्नेमध्ये सोल्टी होटल, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स, वार्षिक ५० करोड देखि १०० करोडको कारोबार गर्नेमध्ये फुड एन्ट टेक्नोलोजी रिसर्च सेन्टर प्रा.लि, ऊर्जामुलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, व्यक्तिगत रूपमा सबैभन्दा बढी कर तिर्ने राजबहादुर साह, रेमिट्यान्स कारोबार गर्नेमध्ये आईएमई लिमिटेड रहेका छन् । २०७७ देखि २०८३ सम्म मूअ विवरण र कर समयमै बुझाएका मध्ये हिमालयन डिस्टिलरी, विशेष उद्योगमध्ये बरूण बेभेरेज नेपाल र जीवन बिमा क्षेत्रमा कारोबारमध्ये जीवन बीमा क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. रहेका छन् । वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोवार गर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने इम्पेरियल सेक्यूरिटिज कम्पनी लिमिटेड, निर्जीवन बीमा क्षेत्रमा कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने सिध्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
Latest NewsJust now

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

वासिङ्टन डिसी । इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचर निकायको सङ्केत रहेको... ...

रातोपाटी
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?
Latest NewsJust now

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा संस्थाहरूलाई विभागले उत्कृष्ट करदाताका रूपमा घोषणा गरेको हो। विभागले आयोजना गरेको कर दिवस समारोहमा सार्वजनिक विवरणअनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल परेको छ। व्यक्तिगत आयकरतर्फ ...

केन्द्रबिन्दु
चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?
Latest NewsJust now

चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च लगभग समान देखिएको छ । कात्तिक मसान्तसम्ममा सरकारले वार्षिक आम्दानी लक्ष्यको २३.३९ प्रतिशत प्राप्त गर्दा कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play