काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा संस्थाहरूलाई विभागले उत्कृष्ट करदाताका रूपमा घोषणा गरेको हो। विभागले आयोजना गरेको कर दिवस समारोहमा सार्वजनिक विवरणअनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल परेको छ। व्यक्तिगत आयकरतर्फ भने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन्। त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड परेको छ। बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधि क्षेत्रबाट तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन्। कृषि तथा पशुपन्छी व्यवसाय, वस्तु निर्यात, स्वास्थ्य तथा शिक्षा, ऊर्जा, बीमा, रेमिट्यान्सलगायतका विभिन्न क्षेत्रबाट पनि उत्कृष्ट करदाता छनोट गरिएको छ। प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उल्लेख्य कर योगदान गरेको भन्दै एक्सेप्सनल बिजनेस विधामा भाटभटेनी सुपरमार्केटलाई उत्कृष्ट घोषित गरिएको छ। कम्पनीका तर्फबाट सावित्री गुरुङले सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी थिइन्। उत्कृष्ट करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए। यी हुन् यस वर्षका उत्कृष्ट २० करदाता : निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल वस्तु निर्यातको कारोबारमध्ये : डाबर नेपाल प्रालि सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल कृषि एवं पशुपन्छी व्यवसाय : ओसीबी फुड्स एण्ड फिड्स बैंकिङ क्षेत्र : नबिल बैंक स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल पर्यटन व्यवसाय : सोल्टी होटल लिमिटेड वस्तु व्यापारको कारोबार : सीजी इम्पेक्स प्रालि ५० देखि १०० करोडसम्मको कारोबार : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि ऊर्जामूलक कम्पनी : भोटेकोशी पावर प्रालि रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड व्यक्तिगत आयतर्फ : राजबहादुर शाह सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर दाखिला : हिमालयन डिस्टिलरी लिमिटेड ५० करोडसम्म कारोबार गर्ने : इम्पेरियल सेक्युरिटिज प्रालि विशेष उद्योग : वरुण वेभरेज नेपाल प्रालि जीवन बीमातर्फ : लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लघुवित्ततर्फ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने (एक्सेप्सनल बिजनेस) : भाटभटेनी सुपरमार्केट
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





![जापानमा थलिएकी विष्णुको केएमसीमा निःशुल्क उपचार शुरू, स्वागत गर्न विमानस्थलमै पुगे डा. शर्मा [भिडियो]](https://hamrakura.com/uploads/news/images/sunil-sharma-bishnu-kuwar.jpg)
