Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त
Photo / Coverage: टेक्नोलोजी खबर

याङ्गो ग्रुपले आफ्नो मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्कीलाई नियुक्त गरेको छ। उनले कम्पनीका विभिन्न बजारमा सुरक्षा रणनीति विकास, प्रविधिको प्रयोग र सुरक्षा मापदण्ड कार्यान्वयनको नेतृत्व गर्नेछन्। जेम्ल्यान्स्कीले कम्पनीका उत्पादन तथा सञ्चालन टोलीसँगै सडक सुरक्षा संस्था र स्थानीय निकायहरूसँग समन्वय गरी काम गर्नेछन्। सम्भावित जोखिम पहिचान र दुर्घटना रोकथामका लागि कृत्रिम बुद्धिमत्ता (एआई), रुट निगरानी प्रणाली तथा चालकको पहिचान प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनु उनको प्राथमिकतामा रहनेछ। याङ्गोका अनुसार गत सेप्टेम्बरमा सार्वजनिक पहिलो सुरक्षा प्रतिवेदनले विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेको देखाएको छ। यस्ता घटना ९.८३ बाट घटेर ६.७६ मा पुगेका छन्। कम्पनीले चालक तथा कुरियरलाई तालिम दिने, हेल्मेट र सुरक्षात्मक सामग्री वितरण गर्ने तथा स्थानीय निकायसँग मिलेर सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालसहित पाकिस्तान, सेनेगल, कोलम्बिया र भेनेजुएलामा पनि हेल्मेट वितरण गरिएको कम्पनीले जनाएको छ। जेम्ल्यान्स्कीले विगत पाँच वर्षदेखि राइड–हेलिङ सेवाको सुरक्षा प्रविधिमा काम गर्दै आएका छन्। उनले यसअघि टेक्निकल प्रोडक्ट म्यानेजरदेखि हेड अफ सेफ्टी टेक्नोलोजिजसम्मका जिम्मेवारी सम्हालेका थिए। The post याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईमा सहकार्य बढाउन सीको आग्रह
TechnologyJust now

एआईमा सहकार्य बढाउन सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका हुन्। सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे। उनले चीनले विदेशी लगानी तथा व्यवसायका लागि ...

टेक्नोलोजी खबर
नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ
TechnologyJust now

नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ

२ मंसिर, काठमाडौं। नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । नास आईटीका अध्यक्ष दिपेन […] The post नेपाली सफ्टवेयरको प्रवद्र्धन ...

आइसिटी फ्रेम
एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र
TechnologyJust now

एरिक्सनले भियतनाममा स्थापना गर्यो सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास केन्द्र

एरिक्सनले भियतनाममा ५०० सम्म इन्जिनियरिङ कर्मचारीहरू रहने गरी अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेको छ। एरिक्सनले स्थानीय साझेदारहरूसँगको सहकार्यमा भियतनाममा सफ्टवेयरमा आधारित अनुसन्धान तथा विकास (आरएण्डडी) क्षमता सुरु गरेको जनाएको छ। भियतनामस्थित यस केन्द्रमा ५०० सफ्टवेयर तथा प्रविधि इन्जिनियरहरू आबद्ध छन्। उनीहरूले एरिक्सनका र्यान (रेडियो पहुँच सञ्जाल), नेटवर्क कोर र क्लाउड-नेटिभ परियोजनाहरूमा योगदान पुर्‍याउने जिम्मेवारी पाएका छन्। यी टोलीहरूले एरिक्सनको विश्वव्यापी उत्पादन रोडम्यापलाई ...

टेक्नोलोजी खबर
चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने
TechnologyJust now

चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले रोपेली संघमा ठूलो जरिवानाको सामना गर्नुपर्ने

चिनियाँ स्वामित्वको अनलाइन खुद्रा विक्रेता ‘टेमु’ ले युरोपेली संघ (ईयू) बाट अर्को ठूलो जरिवानाको सामना गर्नुपर्ने हुन सक्छ किनकी ब्रसेल्सले मंगलबार टेमुमाथि उपभोक्ताहरूलाई असुरक्षित वस्तुहरूको बिक्रीबाट जोगाउन नसकेको आरोप लगाएको छ। यसअघि मे महिनामा पनि, खतरनाक बालबालिकाका खेलौना र त्रुटिपूर्ण चार्जरलगायत अवैध उत्पादनहरू बिक्री गर्न दिएको भन्दै युरोपेली संघले टेमुलाई २० करोड युरो (२२ करोड अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play