Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

यस कारण अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस कारण अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम
Photo / Coverage: पर्दाफास

कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पु¥याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो । तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ। म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ । सरकारी अड्चनले रोकिएको काम सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट सुरु भई दैलेखको चुप्रामा टुङ्गिने यो आयोजनाको कुल लागत ८० करोड रुपैयाँ छ । निर्माणको जिम्मा सिग्मा काठमाडौंले लिएको छ । ३२ किलोमिटर लामो यस खण्डमा १०१ वटा एंगल टावर बनाउनुपर्ने छ । तर हालसम्म ४१ वटा मात्र बनेका छन् । ४० टावरका फाउन्डेसन तयार भएका छन् भने वनको कानुनी अल्झनले २० टावरका फाउन्डेसन खन्नसमेत सकिएको छैन । आयोजनाको सुस्तताको मुख्य कारण भौगोलिक विकटता वा निर्माण व्यवसायीको लापरबाही होइन, सरकारी संयन्त्रभित्रकै कानुनी तथा प्रशासनिक अड्चन हो । मन्त्रिपरिषद्को निर्णय कुर्दै १९ हजार रुख प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुख कटानका लागि मन्त्रिपरिषद्बाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर लामो समयदेखि औपचारिक निर्णय हुन नसक्दा २० वटा टावरको काम सुरु हुन सकेको छैन । आयोजनाका अनुसार साना तथा ठुला गरी झन्डै १९ हजारभन्दा बढी रुख कटान गर्नुपर्नेछ । वातावरणीय प्रभाव मूल्याङ्कन, नाप जाँच र वन मन्त्रालयअन्तर्गतका सबै प्रशासनिक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘मन्त्रिपरिषद्बाट अनुमति पाउनासाथ निर्माणले गति लिन्छ,’ उनले भने । रुख कटानको अड्चनले टावर निर्माण रोकिए पनि दैलेखको डुंगेश्वर गाउँपालिका–१ चुप्रामा निर्माणाधीन १३२ केभी सब स्टेसनको ६० प्रतिशत काम सकिएको छ । कोहलपुर–सुर्खेतको पुनरावृत्ति यो समस्या नयाँ होइन । २०७६ असार २२ मा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच करिब ७० करोड रुपैयाँमा सम्झौता भएको कोहलपुर–सुर्खेत १३२ केभी खण्ड दुई वर्षमा सक्नुपर्ने थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले १६१ वटा टावरका लागि जग्गा र रुख कटानको अनुमति दिन ढिलाइ गर्दा त्यो आयोजना साढे चार वर्ष ढिलो गरी २०८२ माघ १८ मा मात्र सञ्चालनमा आयो । यो ढिलाइको मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । सुर्खेतमा पहिलो पटक ३३ केभीए प्रसारण लाइन विस्तार भएको २०४५ सालमा हो, अर्थात् करिब ३८ वर्षअघि। त्यति पुरानो पूर्वाधारका कारण प्रदेश राजधानीसहित धेरै जिल्लाका नागरिकलो भोल्टेज र अघोषित लोडसेडिङ खेप्न बाध्य छन् । ऊर्जा सुरक्षाको मेरुदण्ड सुर्खेत–दैलेख प्रसारण लाइन एक जिल्लाको विद्युतीकरणसँग मात्र जोडिएको आयोजना होइन, यो समग्र कर्णाली प्रदेशको ऊर्जा सुरक्षाको मेरुदण्ड हो । सरकारको दीर्घकालीन योजनाअनुसार यो लाइनलाई कालिकोट हुँदै जुम्लासम्म पु¥याउने लक्ष्य छ । तर दोस्रो चरणको कालिकोट–जुम्ला प्रसारण रुटमा सरकारले हालसम्म कुनै ठोस नीतिगत तथा बजेटमा योजना अघि बढाएको छैन । विस्तृत अध्ययन प्रतिवेदनअनुसार यो खण्ड कुल ८२।१४ किलोमिटर लामो हुनेछ । यसलाई डबल सर्किटसहितको १३२ केभी प्रसारण लाइनका रूपमा बनाउने प्रस्ताव छ । यस खण्डमा मात्र २७९ वटा टावर बनाउनुपर्नेछ । विद्युत् विकास विभागका अनुसार यो खण्डका लागि कुल १५०।३३ हेक्टर जमिन आवश्यक पर्छ । जसमध्ये टावरको स्थायी संरचनाका लागि करिब १२४ हेक्टर अधिग्रहण गर्नुपर्नेछ भने राइट अफ वेअन्तर्गत १३२।६९ हेक्टर जमिन आयोजनाको उपयोगमा आउनेछ । विद्युत् नियमावली, २०५० अनुसार प्रसारण लाइनको क्षेत्राधिकार मध्य बिन्दुबाट दायाँबायाँ नौ–नौ मिटर गरी न्यूनतम १८ मिटर कायम गरिन्छ । लगानीकर्ता पनि हिचकिचाउँदै १३२ केभी प्रसारण लाइनको अभावमा स्थानीय नागरिकले नियमित र गुणस्तरीय बिजुली उपभोग गर्न पाएका छैनन् । कर्णालीका विभिन्न नदी तथा खोलामा निर्माणाधीन र निर्माणको पर्खाइमा रहेका दर्जनौँ जलविद्युत् आयोजनाको भविष्य पनि अन्योलमा छ । उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न नसकिने डरले निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादक समेत कर्णालीमा ठुलो लगानी गर्न हिचकिचाइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
OthersJust now

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

मापदण्डले रात्रिकालीन मनोरञ्जनस्थलमा कलाकारले उत्तेजक पोशाक लगाएर नृत्य गर्न वा गीत गाउन रोक लगाएको छ । अश्लीलता प्रदर्शन नहुने गरी मौलिकता र संस्कृति झल्कने तथा स्वस्थ र मर्यादित मनोरञ्जन प्रदान गर्नुपर्ने सर्त राखिएको छ । ...

अनलाइन खबर
अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढ्यो
OthersJust now

अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ । त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य १.०६ प्रतिशतले वृद्धि भएर प्रतिऔंस ४७.३५७ अमेरिकी डलरमा कारोबार बन्द भएको छ । मंगलबारको कारोबारमा सुनको तुलनामा चाँदीको मूल्य वृद्धि दर बढी देखिएको छ । ...

पर्दाफास
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा
OthersJust now

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा.… ...

अनलाइन खबर
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा
OthersJust now

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

काठमाण्डु– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको हो । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गर्न माग गरेका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play