Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै
Photo / Coverage: पर्दाफास

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ । काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर खानेकुरा दिने चलन छ। घरमा तयार गरिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ । धार्मिक मान्यताअनुसार कागलाई अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइने भए पनि यमराजको दूतका रूपमा यसको विशेष महत्त्व रहेको छ । धर्मशास्त्रहरूमा नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने उल्लेख गरिएको छ । त्यस्तो विवरण आदानप्रदान गर्ने जिम्मेवारी कागले पाएको धार्मिक विश्वास छ। आकाशमार्गबाट छिटो सन्देश पु¥याउन र ल्याउन सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको पौराणिक मान्यता रहेको छ। काग तिहारसँगै सुरु हुने तिहार पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने गर्दछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४०७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४०७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७४, सिसिटिभिमार्फत १६, रातोबत्तीमा ४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७५, हर्न निषेधमा ३, लेन क्रसमा ३ अवस्था ठिक नभएको ५ जना र अन्यमा २२८ जना चालकलाई ...

पर्दाफास
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय
OthersJust now

निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको १० महिना बितिसक्दा पनि डोल्पोबुद्ध गाउँपालिकाको धोमा कार्यालय सञ्चालनमा आउन सकेको छैन। कार्यालयका लागि कर्मचारी खटाइएको तीन महिना बित्दा पनि उनीहरू कार्यक्षेत्र पुग्नुको सट्टा सदरमुकाम दुनैमै बसिरहेका… ...

अनलाइन खबर
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा
OthersJust now

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

पेनालाई पदमुक्त गरेपछि उपराष्ट्रपति पेद्रो आलियानाले नयाँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play