म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । म्यानचेस्टर युनाइटेडले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफको ५०औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ६२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले वेस्ली फोफानामाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्डसहित मैदान छाड्नुपर्यो । त्यसपछि प्राप्त पेनाल्टीमा कोल पाल्मरले ६४औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए । यस जितसँगै चेल्सीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । चेल्सीको ९ खेलमा १६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । यता म्यानचेस्टर युनाइटेडले लगातार खराब नतिजाको सामना गर्नुपरेको छ। प्रशिक्षक माइकल क्यारिकमाथि पनि दबाब थपिएको छ । युनाइटेडको यो खेलपछि ९ खेलमा ७ अंक रहेको छ र १६औं स्थानमा रहेको छ । The post म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

फ्रान्स, इटाली र जर्मनीमा युवा आक्रोश : महँगी र कमजोर सेवाले सडकमा उतार्यो
काठमाडौँ । युरोपका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, इटाली र जर्मनीमा जीवनयापनको बढ्दो लागत, कमजोर सार्वजनिक सेवा र युवापुस्ताले भोगिरहेका आर्थिक कठिनाइविरुद्ध प्रदर्शन चर्किएका छन् । तीनै देशका आन्दोलनमा महँगी र... ...

समाज परिवर्तनको सुस्त गति
नेपालमा प्रविधि छिटो आयो र समाज परिवर्तनको गति त्योभन्दा सुस्त रह्यो । परिवर्तनको गति बढाउन दलितसँगै कथित उच्च जातको उत्तिकै भूमिका छ। ...

सन्दीप लामिछाने भन्छन् - ‘दर्शकका लागि खेल्नु आवश्यक थियो’
विराटनगरको पहिलो जितमा सेहन जयसूर्याको प्रदर्शन निर्णायक रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ । ...

विवादित न्यायाधीशविरुद्ध महाभियोगतर्फ रास्वपा
सर्वोच्चका न्यायाधीशका सम्बन्धमा आएको विवाद निरूपणका लागि संसद्मार्फत प्रक्रिया अघि बढाउन पार्टी संसदीय दललाई रास्वपा सचिवालयको निर्देशन, महाभियोग प्रस्ताव दर्ताका लागि प्रक्रिया अघि बढ्ने नेताहरूको भनाइ ...


