Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान
Photo / Coverage: नेपालन्युज

भोजपुर। निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ। वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन्। धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो। अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन्। कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन्। भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए। “केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो। अहिले मौसम खुलेपछि राहत मिलेको छ”, उनले भने, “अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ। अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ।” किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए। वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ। “हामी किसान धान भण्डारणको काममा लागेका छौँ”, उनले भने, “अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो। सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ।” धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो। जिल्लाका नौ वटै स्थानीय तहमा धानखेती हुँदै आएको छ। मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत
Latest NewsJust now

बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत

काठमाडौं । बेलायतकी गृहमन्त्री शबाना महमुदले पहिले नै बसोबास गरिरहेका विदेशी केयर वर्करहरूलाई स्थायी बसोबासका लागि १५ वर्ष कुर्नुपर्ने प्रस्ताव फिर्ता लिएकी छन् । सांसदहरूको विरोधपछि गरिएको नीतिगत परिवर्तनबाट करिब दुई लाख ८२ हजार आप्रवासी लामो प्रतीक्षा अवधिबाट जोगिने भएका छन् । यससँगै प्रभावित हुने अनुमानित संख्या सात लाख ९९ हजारबाट घटेर पाँच लाख १७ हजारमा झरेको बीबीसीले जनाएको छ । महमुदले ...

केन्द्रबिन्दु
पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
Latest NewsJust now

पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८... ...

रातोपाटी
तिहारमा स्वदेशी उत्पादन
Latest NewsJust now

तिहारमा स्वदेशी उत्पादन

नेपालीको महान् चाड बडादसैँपछि अर्को ठुलो चाड तिहार आउन लागेको छ । सहरबजारमा चहलपहल देखिन थालेको छ । तिहार नेपाली सभ्यताको नितान्त मौलिक चाड हो । तिहारका विविध विशेषताले मानिसलाई प्... ...

गोरखापत्र
कृषियोग्ज जमिनमा सिँचाइ
Latest NewsJust now

कृषियोग्ज जमिनमा सिँचाइ

दाङ । दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ । देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालन रहेको उक्त परियोजनाले हाल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play