Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रयोगकर्ताको स्पष्ट अनुमति नलिई मोबाइलमा रहेका तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब रुपैयाँ) जरिवाना गरेको छ । इटालीको तथ्याङ्क संरक्षण प्राधिकरणका अनुसार फेसबुकले करिब दुई करोड प्रयोगकर्तालाई उनीहरूको मोबाइलमा रहेका तस्बिर तथा भिडियो प्रयोग गर्ने सुविधाबारे पर्याप्त जानकारी दिएको थिएन । प्राधिकरणले ६० दिनभित्र उक्त सुविधा स्वतः निष्क्रिय हुने व्यवस्था गर्न र प्रयोगकर्ताको छुट्टै सहमति लिन निर्देशन दिएको छ । मेटाले भने निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ । यसअघि अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले प्रयोगकर्ताको तथ्याङ्क व्यवस्थापनमा गलत जानकारी दिएको ठहर गर्दै मेटालाई २५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब ६५ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको थियो । The post मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
Latest NewsJust now

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आइतबार साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएका छन्। उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र... ...

रातोपाटी
सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै
Latest NewsJust now

सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

मोरङ। नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’... ...

रातोपाटी
छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन
Latest NewsJust now

छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन

• छठ पर्वको समयमा सिरहामा सशस्त्र प्रहरी बलले विशेष सुरक्षा र उद्धारको तयारी गरेको छ। • ३७८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ र विपद् व्यवस्थापन टोलीलाई आवश्यक सामग्री र वाटर बोटसहित तयारी अवस्थामा राखिएको छ। • छठघाटमा स्नान र अर्घ्य अर्पण गर्ने क्रममा हुन सक्ने दुर्घटनालाई रोक्न सुरक्षा सतर्कता बढाइएको छ। ...

नेपालबहस
रवि, गगनदेखि सभामुखसम्मलाई ज्ञानेन्द्र शाहीको सुझाव– ‘अब हिन्दू राष्ट्रका लागि ढिला किन गर्ने ?’
Latest NewsJust now

रवि, गगनदेखि सभामुखसम्मलाई ज्ञानेन्द्र शाहीको सुझाव– ‘अब हिन्दू राष्ट्रका लागि ढिला किन गर्ने ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले विभिन्न पार्टीका शीर्ष नेता छठ मनाउन तराई मधेश झर्नुलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । छठका अवसरमा कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछानेदेखि सभामुख डोलप्रसाद अर्याल लगायत राजनीतिक दलका शीर्ष नेताहरु तराई मधेशमा रहेका छन् । पार्टीका शीर्ष […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play