Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मेचीनगरबाट चार जना सडक मानवको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेचीनगरबाट चार जना सडक मानवको उद्धार
Photo / Coverage: केन्द्रबिन्दु

झापा । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ । मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीबाट गएराति उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमका अभिभावक समितिका संयोजक नीलकण्ठ तिवारीले बताए । उद्धार गरिएका एक जना केही दिनअघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् । “कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थाल्नुभएको रहेछ,” तिवारीले भने, “आफन्त कोही रहेनछन्, उहाँलाई पनि उद्धार गरेर ल्याएका छौँ ।” उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरुले सहयोग पुर्‍याएका थिए । बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल एक सय जना आफन्त नभएका सडक मानवले आश्रय पाइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारको शुभकामना दिँदै कांग्रेस सभापति गगन थापाले के भने ?
Latest NewsJust now

तिहारको शुभकामना दिँदै कांग्रेस सभापति गगन थापाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दीपावली तथा तिहारको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले उज्यालो र आत्मीयताको पर्व तिहारले नेपाली नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक उर्जा सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेका छन् । ‘दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी […] ...

लोकपथ
डीडीसीको बिक्री कक्ष भरतपुरमा सञ्चालन
Latest NewsJust now

डीडीसीको बिक्री कक्ष भरतपुरमा सञ्चालन

चितवन – भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा शुभारम्भ गरे । बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुनेछ । दूध, दही, घीउ, पनिर, चिज लगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा […] ...

काठमाण्डुपाटी
साइबर ब्यूरोमा उपस्थित भए कांग्रेस सह–महामन्त्री शिवाकोटी
Latest NewsJust now

साइबर ब्यूरोमा उपस्थित भए कांग्रेस सह–महामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सह–महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालयमा उपस्थित भएका छन्। शिवाकोटीविरुद्ध उजुरी परेपछि साइबर ब्यूरोले उपस्थित हुन ताकेता गरेको थियो। आइतबार दिउँसो शिवाकोटी साइबर ब्यूरो पुगेका हुन्। साइबर ब्यूरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्यूरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए। उनले सत्तारुढ दल र प्रधानमन्त्री बालेन्द्र शाहनिकट ...

कर्पोरट खबर
रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा, तस्बिरहरू
Latest NewsJust now

रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा, तस्बिरहरू

काठमाडौँ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा मनाइँदैछ। लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play