मुस्ताङ।मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन्। मन्त्रालय अन्तर्गत लम्बाइ ३५ मिटर र ८.४ मिटर चौडाइको उक्त पुल निर्माणपछि पर्यटकीय गन्तव्य ढुम्बाताल, ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा बाह्रै महिना सडक आवागमनमा सहज हुनेछ।
मुस्ताङको ठिनी खोला पुल

Read Complete Original Article
Published originally on नेपालन्युज






