Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन
Photo / Coverage: नेपालन्युज

मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी संकलन भएको छ। मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम संकलन भएको संकलन भएको हो। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग संकलन गरिँदै आएको छ। त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ संकलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ। व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी संकलन भएको छ। समितिका अनुसार, गत आर्थिक २०८२÷०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ । उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा‌ खाना प्रवेश नदिए पछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खाएका छन् । जेनजी अभियन्ता माजिद अन्सारी सहितको समूहले ल्याएको खाना... ...

रातोपाटी
चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन
Latest NewsJust now

चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । मुक्तिनाथ विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत कुल ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी संकलन भएको हो । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार […] ...

लोकपथ
कर्णालीबाट मत नपाए पनि विकासमा विभेद गर्दैनौँ : रवि लामिछाने
Latest NewsJust now

कर्णालीबाट मत नपाए पनि विकासमा विभेद गर्दैनौँ : रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीले मत पाए पनि नपाए पनि प्रदेशको विकासलाई सरकारले विशेष प्राथमिकतामा राख्ने बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावी मतका आधारमा विकासको प्राथमिकता निर्धारण नहुने स्पष्ट पारे । कर्णालीबाट मत नपाएकै कारण विकासमा विभेद नगरिने उनको भनाइ थियो । ‘हाम्रा मान्छे ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement