Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास : जानकी मन्दिरमा रतौलीबाट भित्र्याइयो १०८ भार पाहुर

मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास : जानकी मन्दिरमा रतौलीबाट भित्र्याइयो १०८ भार पाहुर

10/25/2026, 7:08:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास : जानकी मन्दिरमा रतौलीबाट भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ भार ‘पाहुर’ (सनेस–कोसेली) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चल्दै आएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ । सोही ऐतिहासिक परम्पराअनुसार आइतबार जानकी मन्दिर परिसरमा पुर्‍याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् श्रीराम र माता जानकीका लागि विशेष वस्त्र समावेश गरिएका छन् । पाहुर समर्पण गरी मन्दिरमा शास्त्रीय विधिअनुसार सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो । ठाकुर परिवारका सदस्य नवीन ठाकुरले विगत १४२ वर्षदेखि चल्दै आएको यस विशिष्ट पारिवारिक तथा सांस्कृतिक धरोहरलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार पुर्खादेखि हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले समेत गौरवका साथ निरन्तरता दिइरहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहासका कार्यक्रमसमेत आयोजना गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन उत्सवको उल्लास बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको प्रबन्ध मिलाइने जानकारी दिए । यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा छुट्टै उमङ्ग ल्याउने गरेको उनको भनाइ छ । धार्मिक अनुष्ठानका अतिरिक्त कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीका लागि पनि विशेष सामाजिक उत्सवका रूपमा स्थापित छ । यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने गरिन्छ । ससुरालीबाट आएको पाहुरका सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले मन्त्रोच्चारणसहित बेहुलाको चुमाओन गरी ‘दुरवाक्षत’ (दूबो र अक्षतासहितको आशीर्वाद) दिने चलन छ । अनुष्ठान सम्पन्न भएपछि परिवार र आफन्तजनलाई भोज खुवाउने तथा गाउँभरि पान र मखान वितरण गरी एकापसमा खुसी साटासाट गर्ने मौलिक परम्परा मिथिलाञ्चलमा रहिआएको छ । – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
ताजा खबरJust now

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

रातोपाटी
कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

कर्पोरट खबर
सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
ताजा खबरJust now

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

रातोपाटी
एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
ताजा खबरJust now

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play