मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास : जानकी मन्दिरमा रतौलीबाट भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ भार ‘पाहुर’ (सनेस–कोसेली) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चल्दै आएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ । सोही ऐतिहासिक परम्पराअनुसार आइतबार जानकी मन्दिर परिसरमा पुर्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् श्रीराम र माता जानकीका लागि विशेष वस्त्र समावेश गरिएका छन् । पाहुर समर्पण गरी मन्दिरमा शास्त्रीय विधिअनुसार सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो । ठाकुर परिवारका सदस्य नवीन ठाकुरले विगत १४२ वर्षदेखि चल्दै आएको यस विशिष्ट पारिवारिक तथा सांस्कृतिक धरोहरलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार पुर्खादेखि हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले समेत गौरवका साथ निरन्तरता दिइरहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहासका कार्यक्रमसमेत आयोजना गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन उत्सवको उल्लास बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको प्रबन्ध मिलाइने जानकारी दिए । यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा छुट्टै उमङ्ग ल्याउने गरेको उनको भनाइ छ । धार्मिक अनुष्ठानका अतिरिक्त कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीका लागि पनि विशेष सामाजिक उत्सवका रूपमा स्थापित छ । यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने गरिन्छ । ससुरालीबाट आएको पाहुरका सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले मन्त्रोच्चारणसहित बेहुलाको चुमाओन गरी ‘दुरवाक्षत’ (दूबो र अक्षतासहितको आशीर्वाद) दिने चलन छ । अनुष्ठान सम्पन्न भएपछि परिवार र आफन्तजनलाई भोज खुवाउने तथा गाउँभरि पान र मखान वितरण गरी एकापसमा खुसी साटासाट गर्ने मौलिक परम्परा मिथिलाञ्चलमा रहिआएको छ । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...


