Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए । मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए । चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ । The post मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
ताजा खबरJust now

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उक्त भूकम्पमा परी १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै चीन सरकार तथा जनताप्रति समवेदना ...

कर्पोरट खबर
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
ताजा खबरJust now

नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो

चितवन। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री... ...

रातोपाटी
परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व
ताजा खबरJust now

परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व

पाल्पा। बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुञ्जियो। हातमा सारङ्गी र मनमा पुख्र्यौली संस्कृतिप्रतिको माया बोकेर तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्व यस वर्ष पनि दशैँको नवरात्रमा मालश्री गाउन निस्किए। घटस्थापनादेखि नौ दिनसम्म उहाँ हरेक बिहान करिब ३ देखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घर–घरमा पुगेर सारङ्गी बजाउँदै मालश्री गाउनुभयो। उमेरले सात दशक ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play