Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनीको जग्गा सट्टापट्टा प्रकरणमा मुछिएपछि आयोगले मंगलबार उनीहरूविरुद्ध मुद्दा अघि बढाएको हो। सन् २००९ (२०६६ साल) मा माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो। इटहरीबाट विराटनगर जोड्ने मुख्य सडकमा रहेको उक्त जग्गा बिक्री गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गरिएको आरोप छ। अख्तियार स्रोतका अनुसार उक्त निर्णय प्रक्रियामा मन्त्रिपरिषद्को सामाजिक समिति जिम्मेवार देखिएको र तत्कालीन समितिका सदस्य रहेका रिजाललाई समेत प्रतिवादी बनाइएको छ। यस प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्का अन्य सदस्य र मालपोत कार्यालयका कर्मचारीहरूलाई पनि प्रतिवादी बनाइएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले अख्तियारबाट आरोपपत्र प्राप्त भएको पुष्टि गर्दै अहिले कागजात रुजु गर्ने काम भइरहेको जानकारी दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरले गुमायो पहिलो विकेट
Latest NewsJust now

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २.५ ओभरमा १५ रन बनाउँदा पहिलो विकेट गुमाएको... ...

रातोपाटी
नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगे
Latest NewsJust now

नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगे

• भारतका नवनियुक्त राजदूत सुधाकर दले काठमाडौं आइपुगेका छन्। • उनी एअर इन्डियाको विमानमार्फत मंगलबार दिउँसो अवतरण गरेका हुन्। ...

नेपालबहस
सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल
Latest NewsJust now

सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल

माओवादी जनयुद्धकालका चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी भुजेललाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play