Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन् । राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिनुभएको योगदान स्मरणीय रहेको बताए । राष्ट्रपति पौडेलले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन योगदान पुगेको बताएका छन् । “किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गर्नु भएको राष्ट्रपतिको सन्देशमा जनाइएको छ । राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सम्पूर्णमा सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा एवं समाज सुधारको अभियानमा सक्रिय भइरहन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका
Latest NewsJust now

अस्ट्रेलियामा दोस्रो पुस्तादेखि नेपालबाट आएका अभिभावकसम्मले मनाए भव्य रूपमा भाइटीका

• अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले भाइटीका चाड हर्षोल्लासका साथ मनाएका छन्। • दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठाई लगाइदिएर सुख, शान्ति र दीर्घायुको कामना गरेका छन्। • नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने प्रयास भाइटीकाका अवसरमा देखिएको छ। ...

नेपालबहस
अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु
Latest NewsJust now

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

बाँके। बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ। हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल रु पाँच अर्ब... ...

रातोपाटी
हात्तीको आक्रमणमा महिलाको मृत्यु, श्रीमान भागेर बचे
Latest NewsJust now

हात्तीको आक्रमणमा महिलाको मृत्यु, श्रीमान भागेर बचे

कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै कच्ची घरमा सुतिरहेकी ६० वर्षीया लक्ष्मी डगौराको गएराति हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको बथान तारापुर शिविरमा पसेर उनको घर समेत भत्काएको प्रहरीले जनाएको छ। आक्रमणका बेला उनका श्रीमान् मोहन डगौंरा भने भागेर ज्यान जोगाउन सफल भएका छन्। घटनापछि नेपाली सेना, नेपाल प्रहरी ...

नेपालन्युज
मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु
Latest NewsJust now

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पु¥याइएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play