नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबिच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको छ । राजदूत दलेलाले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट गरी पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन् । भेटका क्रममा दुवै पक्षले बहुआयामिक नेपाल-भारत साझेदारीलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय दूतावासका अनुसार भेटवार्तामा पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ गहिरो बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता

Read Complete Original Article
Published originally on पर्दाफास






