Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
Photo / Coverage: पर्दाफास

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिए। उनका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् । आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् । ‘अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्, प्रमुख भुजेलले भने, ‘सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटकले यहाँको सुन्दरताको अवलोकन तथा भ्रमणमा आएका छन् ।’ अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उनले बताए। ‘जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्यता तथा प्राकृतिक, सांस्कृतिक क्षेत्रको भ्रमणमा आएका हुन् । जोखिम कम भएपछि अहिले पर्यटक गन्तव्यतर्फ पुगिसकेका छन्,’ उनले भने। अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल आरोहण गर्न पर्यटक आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै पदयात्रा सुरु हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद्का कारण यी राजमार्गहरू अवरुद्ध
OthersJust now

विपद्का कारण यी राजमार्गहरू अवरुद्ध

विभिन्न विपद्का घटनाहरूका कारण देशका केही स्थानहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्म अनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण यातायात अवरुद्ध बनेको हो । गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं. २ र ३ ...

पर्दाफास
रौतहटमा गोली चल्यो, एक जना घाइते
OthersJust now

रौतहटमा गोली चल्यो, एक जना घाइते

गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन् । गएराती सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको ...

पर्दाफास
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
OthersJust now

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो । जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु उतारचढावको प्रभाव हटाएर विश्लेषण गर्दा पनि विश्वव्यापी तापक्रम ...

पर्दाफास
लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर
OthersJust now

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर

१. ‘विश्व आर्थिक स्वतन्त्रता सूचकाङ्क २०२६ अनुसार अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ९० औँ – समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play