Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि सन् २०२६ को मध्यावधि निर्वाचन ठूलो राजनीतिक चुनौती बनेको छ । निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्दा डेमोक्र्याटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ । यस परिणामले अमेरिकी राजनीतिक समीकरण परिवर्तन गर्नुका साथै ट्रम्पको बाँकी कार्यकालमा सरकारी नीति तथा निर्णय कार्यान्वयनमा चुनौती थप्ने देखिएको छ । निर्वाचन परिणाममा महँगी, इरानसँगको युद्ध, इन्धनको बढ्दो मूल्य, आप्रवासन नीति र सरकारको कार्यशैली प्रमुख मुद्दाका रूपमा देखिएका छन् । ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा विभिन्न चुनावी सभामा सहभागी हुँदै मतदातालाई आफूलाई मतदान गरेसरह पार्टीका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए । तर, उनको सक्रिय प्रचारका बाबजुद रिपब्लिकन पार्टीले अपेक्षित नतिजा हासिल गर्न सकेन । इरान युद्धले बढायो ट्रम्पमाथि दबाब ट्रम्प प्रशासनको इरानसँगको सैन्य संघर्ष निर्वाचनमा रिपब्लिकन पार्टीका लागि चुनौती बनेको देखिएको छ । म्यासाचुसेट्स विश्वविद्यालयको अगस्ट २०२६ को सर्वेक्षणअनुसार ६८ प्रतिशत अमेरिकी नागरिकले इरान युद्ध व्यवस्थापन गर्ने ट्रम्पको तरिकाप्रति असहमति जनाएका थिए भने ५४ प्रतिशतले इरानमा अमेरिकी सैन्य कारबाहीको विरोध गरेका थिए । युद्ध लम्बिँदै जाँदा अमेरिकी विदेश नीति र अर्थतन्त्रमा परेको दबाब पनि चुनावी बहसको विषय बन्यो । डेमोक्र्याटहरूले यसलाई चुनावी प्रचारमा प्रमुखताका साथ उठाएका थिए । इन्धनको मूल्य र महँगी मतदाताको मुख्य चिन्ता इरानसँगको युद्ध र होर्मुज जलडमरूमध्यमा बढेको अनिश्चितताले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा चिन्ता बढाएपछि अमेरिकी बजारमा पेट्रोलको मूल्यसमेत उकालो लागेको थियो । अक्टोबरको अन्तिम साता अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४.२७ अमेरिकी डलर पुगेको विवरणमा उल्लेख छ । यसले ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्दा गरेको ऊर्जा मूल्य घटाउने प्रतिबद्धतामाथि प्रश्न उठाएको थियो । पेट्रोलसँगै खाद्यान्न, आवास, विद्युत् र स्वास्थ्य सेवाको बढ्दो खर्चले पनि सर्वसाधारण परिवारको बजेटमा दबाब पारेको थियो । चुनावी विवरणअनुसार करिब ९० प्रतिशत मतदाताले जीवनयापनको लागतलाई मतदानका लागि महत्त्वपूर्ण मुद्दा मानेका थिए। तीमध्ये करिब दुईतिहाइले बढ्दो मूल्यका लागि ट्रम्पलाई जिम्मेवार ठहर गरेका थिए । निर्वासन नीतिले पनि घटायो रिपब्लिकनको समर्थन अवैध आप्रवासीलाई देशबाट निष्कासन गर्ने ट्रम्पको कडा नीतिले पनि निर्वाचनमा प्रभाव पारेको देखिएको छ । सीमा सुरक्षा र कानुन कार्यान्वयनका लागि यस्तो नीति आवश्यक रहेको ट्रम्पका समर्थकहरूको धारणा भए पनि निष्कासनको प्रक्रिया र त्यसको मानवीय प्रभावलाई लिएर विरोध देखिएको थियो । अप्रिल २२ मा सार्वजनिक रोयटर्स र इप्सोसको सर्वेक्षणमा ५२ प्रतिशत अमेरिकीले ट्रम्पको निर्वासन नीतिलाई समर्थन गर्ने उम्मेदवारलाई मतदान गर्ने सम्भावना कम रहेको बताएका थिए । यसको विपरीत ४२ प्रतिशतले त्यस्ता उम्मेदवारलाई मतदान गर्ने सम्भावना बढी रहेको बताएका थिए। विशेषगरी स्वतन्त्र मतदातामाझ यस नीतिप्रति असन्तुष्टि देखिएको थियो । एप्स्टिन प्रकरणले उठायो भ्रष्टाचारको प्रश्न यौन अपराधमा दोषी ठहर भएका जेफ्री एप्स्टिनसँग सम्बन्धित दस्तावेजको विवाद पनि डेमोक्र्याटहरूको चुनावी प्रचारको विषय बनेको थियो । प्रभावशाली व्यक्तिहरूसँग एप्स्टिनको सम्बन्ध र घटनासम्बन्धी कागजात सार्वजनिक गर्ने विषयमा रिपब्लिकन नेताहरूमाथि प्रश्न उठाइएको थियो । जर्जियामा जोन ओसफले आफ्ना प्रतिस्पर्धी माइक कोलिन्सलाई र ओहायोमा शेरोड ब्राउनले जोन हस्टेडलाई लक्षित गर्दै यो विषय उठाएका थिए । टेक्सासमा जेम्स टालारिकोले केन प्याक्सटनविरुद्ध पनि एप्स्टिन प्रकरणलाई प्रचारमा समेटेका थिए । प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रहरूमा एप्स्टिनसम्बन्धी प्रचार सामग्रीका लागि डेमोक्र्याटहरूले करिब पाँच करोड ३० लाख अमेरिकी डलर खर्च गरेका थिए भने रिपब्लिकनको खर्च करिब ३० लाख डलर रहेको विवरणमा उल्लेख छ। यसमार्फत डेमोक्र्याटहरूले भ्रष्टाचार, धनी र शक्तिशाली व्यक्तिलाई दिइने विशेष सुविधा तथा सत्ताको दुरुपयोगको विषय उठाएका थिए । डेमोक्र्याट मतदातामा उत्साह, रिपब्लिकन समर्थकमा सुस्तता निर्वाचन परिणाममा मतदाताको सहभागिता र राजनीतिक उत्साहले पनि भूमिका खेलेको विश्लेषण गरिएको छ । उपलब्ध विवरणअनुसार चुनावप्रति गम्भीर चासो राख्ने डेमोक्र्याट समर्थकको अनुपात रिपब्लिकन समर्थकको तुलनामा १४ प्रतिशत बढी थियो । त्यस्तै, अत्यधिक उत्साहका साथ मतदान गर्न चाहने डेमोक्र्याट समर्थकको संख्या १७ प्रतिशत बढी रहेको उल्लेख छ । सीबीएस न्युजको मतदानपछिको सर्वेक्षणले पनि रिपब्लिकन मतदातामा ट्रम्पको समर्थनलाई मतदानको मुख्य आधार मान्ने प्रवृत्ति पहिलेको तुलनामा कमजोर भएको देखाएको थियो । अर्कोतर्फ, डेमोक्र्याट मतदातामा ट्रम्पको नीतिको विरोधमा मतदान गर्ने उत्साह बलियो देखिएको थियो । यी सबै विषयले ट्रम्प प्रशासनका लागि मध्यावधि निर्वाचनलाई चुनौतीपूर्ण बनाएको देखिन्छ । दुवै सदनमा डेमोक्र्याटको बहुमत कायम भएपछि ट्रम्प प्रशासनका नीति, बजेट, नियुक्ति तथा विधेयकसम्बन्धी निर्णयमा संसदीय अवरोध बढ्न सक्छ । निर्वाचन परिणामले अमेरिकी राजनीतिमा शक्ति सन्तुलन परिवर्तन गर्नुका साथै ट्रम्पको बाँकी कार्यकालमा संसद् र राष्ट्रपतिबीचको सम्बन्धलाई थप महत्त्वपूर्ण बनाएको छ । The post मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Latest NewsJust now

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौं । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका […] ...

लोकपथ
‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)
Latest NewsJust now

‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)

कात्तिक २६ गतेबाट रिलिज हुने फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा, पात्र र कालखण्डबारे प्रस्ट पारेको छ।  ट्रेलरमा एक जोडीको दुइ समयको प्रेमकथालाई प्रस्तुत गरिएको छ।यहाँ युवाअवस्थाको जोडीको रुपमा अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन्।  त्यस्तै, पाका उमेरको भूमिकामा भुवन केसी र गरिमा पन्तलाई देख्न सकिन्छ... ...

नेपालखबर
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Latest NewsJust now

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२–८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा ...

नेपालन्युज
बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
Latest NewsJust now

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

• तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्न व्यावसायिक बाख्रापालन र वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ। • तालिममा २२ कृषकलाई बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको छ। • आयोजनाले ३८ वटा कार्यक्रम सञ्चालन गरेर ७७६ जना लाभान्वित गरिसकेको छ र आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्न निरन्तरता दिइरहेको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play