जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो। तर, तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






